नेपाली साझा मंच,साउदी अरब द्वारा नियमित उडान सुरु गरि स्वदेश फिर्ति सहज बनाउन माग 

मङ्लबार, भदौ २३, २०७७

एन.ए मिडिया

नेपाली साझा मंच,साउदी अरब द्वारा नियमित उडान सुरु गरि स्वदेश फिर्ति सहज बनाउन माग 

नेपाली साझा मंच,साउदी अरब ले हाल स्वदेश फिर्तिमा देखा परिरहेको असहज अवस्था लाई मध्यनजर गर्दै नियमित उडान सुचारु गरि सहज फिर्तिको बाताबरण बनाउन समन्धित पक्षहरु लाई अनुरोध गरेको छ।

नेपाली साझा मंच,साउदी अरब ले आज  बिष्णु  घिमिरे(संयोजक) र अकल प्रधान(उप-संयोजक) द्वारा  हस्ताक्षरित बिज्ञप्ती  जारि गर्दै  कोरोना भाईरस(कोबिद-१९) को कारण ले साउदी अरब मा हजारौको संख्यामा नेपालीहरु समस्यामा रहेको,सयौ को संख्यामा नेपालीहरु संक्रमित भएका र कयौ नेपालीहरु ले ज्यान गुमाउनु परेको साथै कोरोना को असर संगै कतिपय कम्पनीहरु बन्द भएको र हजारौ नेपालीहरुको रोजगारी समस्यामा रहेको जनाउदै कम्पनीको अवस्थाहरु खान बस्न समस्या,स्वदेश फिर्तिको हवाई टिकटको लागी भोग्नु परेको समस्या,कम्पनीबाट पाउनु पर्ने सेवा सुबिधा बन्चित आदि बिबिध कुराहरुमा नेपालीहरु ले भोग्नु परेको समस्याहरु प्रति ध्यानाकर्षण भएको जनाएको छ।

बिज्ञप्तीमा कोरोना कहर संगै अन्य बिबिध कारण ले समयमा स्वदेश फिर्ता हुन् नपाउदा नेपालीहरु लाई परेको असर र भोगेको पीडालाई नेपाली राजदुताबास रियाद र वाणिज्यदूताबास जेद्दा ले तत्काल कुटनीतिक र नेपाल सरकार संग समन्वय गरि नियमित उडान संचालन मार्फत सहज स्वदेश फिर्तिको बातावरण बनाउन आग्रह गरिएको छ साथै यो मुद्दामा क्रियाशील संघ संस्थाहरु लाई समेत आ-आफ्नो स्थान बाट पहल गरिदिन समेत मंच ले आग्रह गरेको छ ।

बिज्ञप्ती

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::