नेपाली साझा मन्च,साउदी अरब को तेश्रो अधिबेशन हुदै,सांस्कृतिक प्रस्तुती समेत रहने

बुधबार, बैशाख ६, २०८०

एन.ए मिडिया समाचार डेस्क

नेपाली साझा मन्च,साउदी अरब को तेश्रो अधिबेशन हुदै,सांस्कृतिक प्रस्तुती समेत रहने

२२ अप्रिल शनिबार..........

नेपाली साझा मंच,साउदी अरबको तेश्रो अधिबेशन हुने भएको छ । संस्था ले तेश्रो अधिबेशन साथै छैठौ वार्षिकोत्सव पनि मनाउने भएको छ।

२२ अप्रिल,शनिबारका दिन साउदी अरबको दमाम स्थित रोज गार्डेन रेस्टुरेन्ट को सभाहल मा  हुने अधिबेशन कार्यक्रम मा प्रमुख आथित्यता नेपाली राजदुत महामहिम नवराज सुबेदी को रहने भएको छ।स्थानीय कलाकारहरु को प्रस्तुती सहित सांस्कृतिक कार्यक्रम समेत रहने अधिबेशन मा नयाँ अध्यक्ष सहित कार्यसमितिको चयन हुने भएको छ। कार्यक्रम बिहान ११ बजे देखि बेलुका ६ बजे सम्म हुने छ।

२०७२ सालमा 'देशको लागि त केही गरौँ भन्ने मुल नाराका साथ स्थापना भएको ” नेपाली साझा मञ्च ” नेपालमा समेत दर्ता भएको संस्था हो र साउदी अरब लगायतका मुलुकमा संस्थाको रास्ट्रिय शाखा रहेका छन् ।

साउदी अरबमा रहेका क्रियाशील संघ,संस्था,सामाजिक अभियन्ता,ब्यबसायी,मिडियाकर्मी लगायत लाई पत्राचार गरि सकिएको र कुनै कारणबस छुट्न गएमा समाचार लाई  निम्तो मानेर उपस्थिति जनाई दिन मंच ले आग्रह गरेको छ।रियाद  बाट कार्यक्रम स्थल सम्म जानको लागी यातायात को ब्यबस्था गरिएको आयोजक ले जनाएको छ

साउदी अरब को नेपाली समुदायमा मंच ले सकारात्छमक छवी निर्माण गर्न सफलता पाएको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::