नेपाल आदिवासी जनजाति महासंघ बहराइनले सम्मान तथा बिदाई कार्यक्रम आयोजना गरि निबर्तमान अध्यक्ष बुद्धिराज राईको बिदाई तथा संस्थाको कार्यक्रममा सहयोग गर्ने सहयोग दाताहरु लाई सम्मानित गरियो
।
कार्यक्रमको अध्यक्षता काजी थापा , प्रमुख अतिथी गम गुरुङ , संचालन महासचिव झहर थेबेले गर्नु भएको थियो र शितल रेस्टुरेन्टको सभाहलमा २६ नोभेम्बर २०१६ का दिन सम्पन्न भएको थियो ।
कार्यक्रममा बिशेष अतिथि नेपाली क्लब बहराइनका अध्यक्ष कमल श्रेष्ठ हुनुहुन्थ्यो तथा शेर्पा तेदुगका अध्यक्ष तेम्बा शेर्पा लाइ स्वागत गरिएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ बहराइनको प्रथम ऎतिहासीक अधिबेशनमा सहयोग गर्ने सहयोगी संघसंस्थाहरु, कलाकारहरु ,पत्रकारहरु लाई सम्मान गरिएको थियो यसैक्रममा एनए मिडिया बहराईन प्रतिनिधि कृष्ण हमाललाई निरन्तर सहयोग को लागि सम्मानित गरिएको थियो ।
बिदाई हुदै गर्नु भएका निबर्तामान अध्यक्ष बुद्धिराज राईले आफ्नो बहराईन बसाइको अनुभब साझा गर्नु हुदै आगामी दिनमा पनि जहा रहे पनि सिकेको कुरा लाई निरन्तरता दिने प्रतिबद्धता जनाउदै सदा सक्रिय रहने जनाउनु भयो र अतिथि नेपाली क्लब बहराईनका अध्यक्ष कमल श्रेष्ठले सम्मानित सबैलाई बधाई दिनु हुदै बिदाई हुदै गर्नु भएका व्यक्तित्वको नेपाली समाजमा रहेको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नु हुदै उज्ज्वल भबिष्यको कामना गर्नु भयो ।
आफ्नो मन्तब्यको क्रममा अध्यक्ष काजी थापाले राज्यको तर्फबाट आदिवासी जनजातिको पक्षमा सकारात्मक नभएको भन्दै यो बिषयमा गम्भीर हुनेपर्ने बताउनु भएको थियो र सहयोगी सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा रात्रीभोजको ब्यबस्था गरेको थियो ।
सम्बन्धित
Related Posts
एनआरएनए चुनावको बाटो खुल्यो
सम्रानी स्पोर्ट क्लव दमाम द्वारा दशैको अवसरमा अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिता आयोजना हुदै
साउदी अरवको पूर्वी क्षेत्र दमाममा १४ अगस्त सम्म आवेदन दिएका राहदानी भोली वितरण हुदै
कुल आचार्यको प्रतिवद्धता- ‘एनआरएनएको सदस्य संख्या ५ लाख पुर्याउँछु’
तपाईको प्रतिक्रिया