
सोमवार, पुस २०, २०७७
नेपाल फर्कँदा अन्य व्यक्तिको अनुरोध वा विभिन्न प्रकारका प्रलोभनमा परी सुनलगायतका बहुमूल्य वस्तुहरू नबोक्न कतारस्थित नेपाली दूतावासले आग्रह गरेको छ।
नेपाल फर्कँदा विभिन्न प्रलोभनमा पारी तस्करहरुले सुन तथा बहुमूल्य गरगहना बोकाउने प्रवृतिले नेपालीहरु समस्यामा परेको भन्दै दूतावासले नबोक्न आग्रह गरेको हो।
कतारमा रहँदा आफूले खरिद गरेको सुनलगायत बहुमूल्य वस्तुहरु नेपालको प्रचलित कानुनले तोकेको परिणाममात्रै बोेक्नसमेत दूतावासले आग्रह गरेको छ।
दोहाबाट काठमाडौं यात्रा गर्दा खरिद बिल नभएका तथा आफ्नो स्वामित्व प्रमाणित नहुने अथवा कानुनले तोकेको भन्दा बढी परिमाण भएमा विमानस्थलमा जफत हुनुका साथै कानुनी कारबाहीसमेत हुने गरेको छ। सोही कारण दूतावासले सचेत गराएको हो।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया