
मङ्लबार, फाल्गुन २४, २०७८
एन.मिडिया न्युज डेस्क
नेपाल बार एशोसिएसनको आगामी निर्वाचनका लागि अनेरास्ववियू ल क्याम्पस कमिटीका पूर्व अध्यक्ष अधिवक्ता हरि प्रसाद पंगेनी खुला सदस्यमा उम्मेद्वारी दिने भएका छन् ।
लामो समय देखि कानूनी शिक्षाको बारेमा वकालत गर्दै आएका अधिवक्ता पंगेनी खुल्ला सदस्य पदको लागि प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी सङ्गठनको तर्फबाट छनोट भएका हुन् । देशकै कान्छा उम्मेद्वारका रुपमा चिनिएका पंगेनी नेपाल बार एसोशिएसनको निर्वाचन सजिलै जित्न सक्ने आँकल समेत गरिएको छ ।
नेपाल ल क्याम्पसमा राजनीति भन्दा कानूनी र शैक्षिक मुद्धामा बहस गर्दै आएका छन् । विद्यार्थीहरुलाई निशुल्क तयारी कक्षा देखि कानूनी शिक्षा अध्ययन गर्न बञ्चित हुनु हुँदैन भन्दै नेतृदायी भूमिका समेत निर्वाह गरिसकेका पंगेनीलाई प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनले समेत उच्च मूल्याकन गर्दे खुला सदस्यका लागि सिफारिस गरिएको बताएका छन् ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया