नेपाल भ्रमण वर्षको कामभन्दा हल्लै बढी

सोमवार, मंसिर ३०, २०७६

नेपाल भ्रमण वर्षको कामभन्दा हल्लै बढी

विदेशस्थित नेपाली दूतावासका कर्मचारीले दूतावासमा आउनेहरुमार्फत ...

पर्यटन प्रबर्द्धनको जिम्मेवारीमा पर्यटन बोर्ड कायम रहेकै अवस्थामा भ्रमण वर्ष सफल पार्न भन्दै सरकारले अलग्गै सचिवालय स्थापना गरेको छ । त्यो सचिवालयले चिनियाँ अभिनेत्रीलाई भ्रमण वर्षको सद्भावना दूत नियुक्त गरेको छ । पर्यटनमन्त्री योगेश भट्टराईले पनि भ्रमण वर्षलाई सफल पार्न भन्दै नेपालस्थित नियोगका प्रमुखदेखि अन्य सरोकारवालासँगको छलफललाई तिब्रता दिएका छन् ।

विदेशी पर्यटक आए भ्रमण वर्ष सफल हुने हो । तर पर्यटक आउने स्रोत मुलुकमा भने नेपालबारे ठोस प्रचारप्रसार भएकै छैन । अन्तर्राष्ट्रिय सञ्चार माध्यम परिचालनदेखि डिजिटल मार्केटिङमा मन्त्रालय र सचिवालय दुवै चुकेका छन् । त्यति मात्र होइन देख्दा सामान्य लाग्ने तर पर्यटकले गम्भीर रुपमा लिने विमानस्थलको सरसफाइ र लगेजका लागि आधा घण्टासम्म पर्खनुपर्ने अवस्था सुधारमा समेत ध्यान दिइएको छैन । सरकारले चालु आर्थिक वर्ष भ्रमण वर्ष सचिवालयका लागि ६२ करोड रुपैयाँ बजेट छुट्याएपनि सचिवालय मन्त्रीका आफन्तसहितका कर्मचारीलाई तलब खुवाउने वाहेक प्रयोजनमा प्रभावकारी देखिएको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सौन्दर्यकरण, डिजिटल मार्केटिङ लगायत प्रचारप्रसारका लागि छुट्याइएको बजेट सचिवालयले खर्च नै गर्न सकेको छैन । बरु विदेशस्थित नेपाली दूतावासका कर्मचारीले दूतावासमा आउनेहरुमार्फत भ्रमण वर्षको प्रचार गरिरहेको भनेर ढुक्कसँग बसिरहेको छ । पर्यटक आउने स्रोत मुलुकका सञ्चार माध्यमबाट प्रचारप्रसारका लागि अहिलेसम्म कार्यविधि नै बनाइएको छैन ।

विदेशी पर्यटक ल्याउन नेपालमा धेरै हल्ला गर्नुभन्दा स्रोत मुलुकमा बढी प्रचारप्रसार गरिनुपर्छ । भ्रमण वर्ष नजिकिइसकेकाले बजार पबर्द्धन कुनै बहानाबाजीको विषय हुनुहुँदैन ।

अन्यथा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा ठेस नपुग्ला भन्न सकिन्न ।

  • कान्तिपुर साभार

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::