नेपाल मगर संघ,शाखा साउदी अरब क्षेत्रीय समिति रियाद को आयोजनामा ‘बृहत सांस्कृतिक कार्यक्रम’ हुदै

बिहिबार, अशोज ६, २०७९

एन ए मिडिया न्युज डेस्क

नेपाल मगर संघ,शाखा साउदी अरब क्षेत्रीय समिति रियाद को आयोजनामा ‘बृहत सांस्कृतिक कार्यक्रम’ हुदै

नेपाल मगर संघ,शाखा साउदी अरब क्षेत्रिय समिति रियादको आयोजनामा बृहद सांस्कृतिक कार्यक्रम हुन गई रहेको छ  ।कार्यक्रम सेप्टेम्बर ३०,शुक्रबारका दिन रियादमा हुँदै छ।

 “हाम्रो पहिचान, भाषा सस्कृति र भेषभुषाको संरक्षण” को नारा सहित हुन गई रहेको कार्यक्रममा स्थानीय कलाकारहरु को बिबिध प्रस्तुती सहित 'बृहत सांस्कृतिक कार्यक्रम' पनि रहने जनाईएको छ।

नेपाल मगर संघ शाखा साउदी अरबका  वरिष्ठ सल्लाहकार जित थापा मगरले मौलिक मगर भेषभुषा,रहनसहन,प्रस्तुती सहित कार्यक्रम आयोजना हुन गई रहेको र यसले  मगर समुदायको  पहिचान, भाषा लिपि तथा मगर संस्कृति को  जगेर्ना गर्ने तर्फ प्रबास शाखा,साउदी अरब को उतरदायित्व निभाउन खोजेको रुपमा लिएको एनए मिडिया संगको कुराकानीमा जनाए।कार्यक्रम मा साउदी अरबमा सक्रिय  संघ संस्थाहरुलाई निमन्त्रणा गरि सकेको तर कुनै कारण ले निमन्त्रणा नपुगेमा यो समाचार लाई नै निमन्त्रणाको रुपमा ग्रहण गरि उपश्तिती जनाईदिन समेत मगर ले आग्रह गरेका छन।

कार्यक्रम तालिका 

स्थान: एक्जिट ९, पार्टि प्यालेस मिति: ३०, सेप्टेम्बर २०२२, शुक्रबार समय: बिहान ११ बजे देखि

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::