नेपाल मा २०२१ मा १९ खर्बको शेयर किनबेच,नेप्से सूचक ले उचाई चुम्यो

बुधबार, पुस १४, २०७८

नेपाल मा २०२१ मा १९ खर्बको शेयर किनबेच,नेप्से सूचक ले उचाई चुम्यो

सन् २०२१ को वर्षभरि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा झन्डै १९ खर्बको कारोबार भएको छ । सन् २०२१ मा कुल २३९ दिन बजार खुला रहेको थियो । २३९ दिनमा कुल १८ खर्ब ९८ अर्ब १८ करोड ९० लाख २७ हजार ६ सय २ रुपैयाँ ४२ पैसाको कारोबार भएको हो ।

सन् २०२१ मा नेप्सेमा औसतमा ७ अर्ब ९४ करोड २२ लाख १३ हजार ५ सय ५ रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार १५ अगस्त अर्थात् साउन ३१ गते भएको थियो । यस दिन कुल २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ रुपैयाँको कारोबार भएको थियो । सबै भन्दा कम कारोबार भने अक्टोबर १७ मा भएको थियो । यस दिन केवल १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३ सय ७१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सन् २०२१ मा नेप्से सूचक ४१९.६५ अंकले बढेको छ । यस वर्षको पहिलो कारोबार जनवरी ३ सुरु मा हुँदा नेप्से सूचक २१०४.८५ मा रहेकोमा वर्षको अन्तिम दिन अर्थात् आज डिसेम्बर २९ मा नेप्से सूचक २५२४.५० को बिन्दुमा पुगेको छ ।

सन् २०२१ मा नेप्से सूचक अगस्त १८ मा अर्थात भदौ २ गते उच्चतम बिन्दु अर्थात् ३१९८.६० बिन्दुमा बन्द भएको थियो । यस वर्ष जनवरी ५ मा नेप्से सूचक २१६५.४९ को बिन्दुमा बन्द भएको थियो । यो नै वर्षको न्युनतम विन्दु हो । अगस्त १९ अर्थात् भदौ ३ गते नेप्से सूचक ३२६९.८९ को इन्ट्रा डे अल टाइम हाइ पुगेको थियो । इन्ट्रा डे लो (२१०४.८५) भने जनवरी ३ मा रहेको थियो । सन् २०२१ मै नेप्से हालसम्म कै उच्च बिन्दुमा पुगेको हो भने यहि वर्ष कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको हो ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::