नेपाल र नेपालीको शिर निहुर्याउने काम नगर्न दूतावासको आग्रह

बिहिबार, अशोज ८, २०७७

नेपाल र नेपालीको शिर निहुर्याउने काम नगर्न दूतावासको आग्रह

गन्तव्य मुलुकको संस्कृति तथा नियम कानून विपरित सार्वजनिक ठाउँमा भेला भएर उच्छिृंखल र असामाजिक गतिविधि नगर्न कतार स्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीलाई आग्रह गरेको छ । दूतावासले विज्ञप्ती प्रकाशित गर्दै विगत केहि सातायता कतारमा रहेका नेपाली समुदायका केहि व्यक्तिले त्यस्तो गरिरहेको पाइएको भन्दै यसमा सजग गराएको हो ।

कतारको प्रमुख आकर्षणको रुपमा रहेका कोर्निस लगायतका सार्वजनिक स्थानमा विशेषगरी सप्ताहन्त (शुक्रवार) भेला भई अमर्यादित, उच्छिृंखल र असामाजिक रुपले प्रस्तुत हुने र झैझगडा गर्ने काम नगर्न दूतावासले सचेत गराएको हो । यस्तो गतिविधिमा संलग्न हुने व्यक्ति स्वयंले कानून बमोजिम कारवाहीको भागिदार हुनुपर्ने भन्दै दूतावासले यस्ता घटनाले नेपाली समाज र नेपालकै प्रतिष्ठा र मर्यादामा गम्भीर आँच पुर्याउने ठहर गरेको छ ।

आगामी दिनमा त्यस्ता कृयाकलापहरु जारी रहेको पाइएमा कतारको स्थानिय प्रशासनलाई त्यस्ता क्षेत्रको निगरानी गर्न लगाई संलग्न व्यक्तिहरुलाई स्थानीय कानून बमोजिम कारवाहीका लागि अनुरोध गर्न बाध्य हुने राजदूतावासले चेतावनी दिएको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::