नेपाल वायु सेवा निगमको उत्साहवद्र्धक आर्थिक ,सुरु भएकै हो त प्रगति यात्रा ?

बुधबार, कार्तिक २०, २०७६

नेपाल वायु सेवा निगमको उत्साहवद्र्धक आर्थिक ,सुरु भएकै हो त प्रगति यात्रा ?

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आर्थिक मितव्ययिता, प्रणालीगत सुधार र उपलब्ध स्रोतसाधनको प्रभावकारी व्यवस्थापन गरेर उत्साहवद्र्धक आर्थिक उपलब्धि प्राप्त गरेको छ । आगामी दिनमा प्रगति यात्रा अझै रफ्तारमा अघि बढाइने निगमको भनाई छ । निगमले चालु आर्थिक वर्ष २०७६–७७ को पछिल्लो ४ महिना अवधिमा २ अर्ब रुपैयाँ हाराहारीमा बचत गर्न सफल भएको दाबी गरेको छ । तर यस अवधिमसम्म आइपुग्दा निगमको ऋण करिब ४० अर्ब पुगेको छ । निगमको पछिल्लो प्रगति र आगामी रणनीतिबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले प्रणालीगत सुधार, फजुल खर्च कटौती तथा राजश्व संकलन बढाएर सञ्चिती गर्न सफल भएको बताए । निगमको अपरेसन र इन्जिनियरिङ विभागको प्रणाली परिवर्तन गरी खर्च व्यवस्थापन गरिएको दाबी गरे।

निगमको प्रगति विवरणअनुसार चालु आवभित्र प्रणालीगत सुधारतर्फ १ अर्ब ६९ करोड ३३ लाख ५२ हजार र आर्थिक मितव्ययिता बापत ५८ करोड २८ लाख गरी जम्मा २ अर्ब २७ करोड रुपैयाँभन्दा बढी रकम बचत गर्ने प्रक्षेपण गरेको छ । निगमको अन्तर्राष्ट्रिय उडान तथा गन्तव्य विस्तार, राजश्व, सेवा व्यवस्थापन प्रभावकारी बनाइएकाले पनि निगमलाई फाइदा भएको छ । लामो गन्तव्यमा वाइड बडी जहाजको आर्थिक उपलब्धि सन्तोषजनक छ । अब प्राथमिकतामा जापान निगमले अहिले जापानको ओसाका उडान गरिरहेको छ । सुरुमा यो गन्तव्यमा घाटा भए पनि पछिल्ला दिनमा राम्रै फाइदा भइरहेको अध्यक्ष खरेलले बताए । “ओसाकाको अकुपेन्सी अहिले राम्रो छ, हामीलाई उत्साहित तुल्याएको छ । अहिले जापानकै नारिता गन्तव्यमा चार्टर्ड उडान पनि व्यावसायिक रुपमा सफल भएको छ, छिट्टै व्यावसायिक उडान सुरु गर्नेछौँ”, उनले भने । निगमले सन् २०२० जनवरी पहिलो सातादेखि नारिता इन्टरनेसनल एयरपोर्टमा सीधा उडानको तयारी गरेको भए पनि जापानी पक्षको ढिलाइका कारण मार्च २२ सम्ममा मात्र नारिता उडान गर्ने जनाएको छ । सकेसम्म निर्धारित समयमै उडान सञ्चालनका लागि परराष्ट्र मन्त्रालयमार्फत पहल थालिएको अध्यक्ष खरेलले जानकारी दिए । यो गन्तव्यमा उडानका लागि निगमले सबै तयारी सकेको भए पनि ग्राउन्ड ह्यान्डलिङको टुंगो नलागेका कारण अन्योलता उत्पन्न भएको छ । निगमले जापान उडानलाई विशेष प्राथमिकता दिएर उडानलाई सहज बनाउन पाइलटलाई अभिमुखीकरण तालिम प्रदान गरिएको तथा जापानिज पर्यटकका लागि विमानस्थलमा सहायता कक्ष स्थापना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । एक वर्षमा १५ पाइलट उत्पादन गरिने निगमले १ वर्ष अवधिमा वाइड बडी जहाज चलाउन सक्ने १५ जना पाइलट उत्पादन गरेको जनाएको छ । चालु आवभित्र थप ५ जना पाइलट उत्पादन गरिने निगमको भनाई छ । आन्तरिक उडानमा साना जहाजका लागि पनि पर्याप्त पाइलट व्यवस्थापन भएकाले ग्राउन्डेड जहाज उडान गर्न सहज हुने अध्यक्ष खरेलको भनाइ छ । “अब पाइलट अभावले चिनियाँ जहाज उडाउन समस्या हुँदैन, ४ वटा वाई १२ जहाजमध्ये अहिले नै ३ जहाज उडाउन सक्ने क्षमता विकास भइसकेको छ, तर जहाज व्यवस्थापनका लागि अन्य विकल्प पनि खोज्दैछौँ”, उनले भने । दैनिक १३ घण्टा उड्छ वाइड बडी निगमको वाइड बडी ‘ए’ ३३० जहाजले अहिले दैनिक १३ घण्टा उडान भर्दै आएको छ । यो विश्वव्यापी एयरबसको उडान दरको तुलनामा निकै प्रगति हो । एयरबसको विवरणअनुसार विश्वभर ११.५ घण्टा उडान गर्ने गरेको निगमले जनाएको छ । निगमका अध्यक्ष खरेलले नियमित उडानमै अहिले वाइड बडी जहाजले १३ घण्टा उडान गरिरहेको र बाहिरको तुलनामा उल्लेख्य प्रगति दाबी गरिएको छ । भ्रमण वर्षका लागि विशेष तयारी नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सहयोग पु¥याउने उद्देश्यले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिने भएको छ । अहिले १ लाख विदेशी पर्यटक बोकिरहेको निगमले भ्रमण वर्षको अवधिमा २ लाख ५० हजार विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ लागि परेको अध्यक्ष खरेलले बताए । निगमको यो लक्ष्य पूरा गर्न गन्तव्य विस्तार र बजारीकरण अपरिहार्य भएको उनको भनाइ छ । भ्रमण वर्षको प्रचारका लागि निगमले आफ्ना जहाजमा भ्रमण वर्षको लोगो राख्ने तथा भाडादरमा छुट लगायतका सुविधा पनि ल्याइने भएको छ । निगमले सेवा स्तरीकरण र व्यवस्थापकीय पक्षलाई खरो रुपमा उतारेर प्रतिस्पर्धी बजारमा आफ्नो हिस्सा ओगट्ने विभिन्न कार्यक्रम पनि आगामी कार्ययोजनामा समेटेको छ । निगमले अहिले विभिन्न ७ देशका ९ वटा गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि वाइड बडी ‘ए’३३० जहाज दुई थान र न्यारो बडी ‘ए’३२० दुई थान जहाज छन् । निगमसँग अहिले भएको एक मात्र ७५७ बोइङ बिक्रीका लागि अन्तिम तयारी गरिएको छ । बोइङ बिक्रीका लागि एक–दुई दिनभित्रै वार्ता हुने निगमले जनाएको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::