न्यायको इतिहासमा कलंकको अध्याय !

शनिबार, साउन १०, २०७७

न्यायको इतिहासमा कलंकको अध्याय !

सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाले श्रीमती गीता ढकाललाई मारेको अभियोगबाट ८ वर्ष ६ महिनामै मुक्ति पाएपछि उनको विपक्षमा सामाजिक सञ्जाल रंगिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायधिश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साविक मुलुकी ऐन अ.ब. १८८ नम्बरले दिएको स्वविवेकीय अधिकारको दुरुप्रयोग गरी कोइरालाले पाएको सजायमा ११ वर्ष ६ महिना छुट दिएको थियो ।

उनीमाथी श्रीमती हत्या अभियोगमा सर्वस्वसहित २० वर्ष कैद तोकिएको थियो । गत असार १५ गते कोइरालालाई तोकिएको सजायमा भारी छुट गर्दै ८ वर्ष ६ महिनामा झारिदिएको थियो । त्यसपछि कोइराला साउन ८ गते बिहीबार जेलबाट छुटेका हुन् । श्रीमती गीता ढकाललाई कोइरालाले २०६८ पुष २७ गते हत्या गरेका थिए ।

प्रधानन्यायाधीश सम्मिलित इजलासले जघन्य अपराधमा संलग्न व्यक्तिलाई खारेज भइसकेको कानुनको प्रयोग गरी सजायमा छुट दिएको भन्दै महान्यायधिवक्ताको कार्यालयले पुनारावेदनका लागि निवेदन दिएको छ भने न्यायिक वृत्त र बाहिर फैसलाको चर्को आलोचना भएको छ । वरिष्ठ पत्रकार एवं विश्लेषक चन्द्रमणी गौतमले आप्mनो फेसबुक वालमा लेखेका छन्– इतिहास लेख्ने हातलाई कसैले रोक्न सक्दैन । न्यायपालिका न्यायाधीश– विशेषको मनपरि गर्ने थलो होइन । अदालतले फैसला गरेरमात्र हुँदैन, फैसलामा इन्साफ हुनैपर्छ । तर त्यसो हुने ग्यारेन्टी कदाचित न्यायालयबाटै नमिल्न सक्दो पनि रहेछ ।

एउटाले प्रेमिकाको उक्साहटमा श्रीमती मा¥यो । ओहोदा छ, समाजमा शान्ति सुरक्षा र कानून लागु गर्ने प्रहरीको पनि बहालवाला डीआईजी । सर्बोच्च अदालत उसैको सँजाय बढी भयो भन्दै पीडकको सजाय घटाउने फैसला गर्छ । मारिएकी उक्त पत्नीका पिता हरेराम ढकाल बृद्धावस्थामा यो बज्रपात सहन मजबुर हुनुहुन्छ । यस्ता घटनाले समाजका सबै न्यायप्रेमी नागरिकलाई क्षुब्ध र रुष्ट बनाउने नै भयो । ’न्याय’ यस्तो पनि ! अचम्म ! गौतमले कसैको नाम उल्लेख गरेका छैनन् तर कुरा स्पष्ट छ ।

गौतमको वालमा टिप्पणी गर्दै उद्धव कुइकेलले लेखेका छन्– कानुन सबैको लागि बराबर भन्ने कुरो सरासर झुटो हो । कानुन माकुराको जालो हो । सानामसिना किरा यसको फन्दामा पर्छन् तर ठूला जीवले भने यसलाई चुँडेर र च्यातेर उम्कन्छन् भन्ने कुरा यहाँलाई थाहै होला । कि कसो ? त्यस्तै जगदिश गौतमले महाभियोग त यस्तो फैसला गर्नेलाई लाउनु पर्ने हो, अगुवा नै बाटो ....वा भएपछि न्याय त कहाँ जीवित रहने भयो र ! लेखेका छन् । त्यस्तै फैसल गर्ने प्रधानन्यायधिश चोलेन्द्र शंशेर राणालगायतलाई महाअभियोग लगाउनु पर्ने माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::