न्हू:द नेपाल संवत् ११४० सुरु, नेवार समुदाय ले म्ह:पूजा गरे

मङ्लबार, कार्तिक १२, २०७६

'धौबजी'

न्हू:द नेपाल संवत् ११४० सुरु, नेवार समुदाय ले म्ह:पूजा गरे

आजबाट नेपालको मौलिक संवत्‌ नेपाल संवत्‌ ११४० सुरु भएको छ। यसै अवसरमा नेपालभर विभिन्न कार्यक्रम गरि न्हूदँ (नयाँ वर्ष) को स्वागत गरियो ।

नयाँ बर्ष सुरु भएको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ। कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो म्हः (आत्म) पूजा पर्व मनाउने गर्दछन्। आत्मालाई सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ।

रास्ट्रिय  बिभुति शंखधर साख्वा ले बि.सँ ९३७(ई.सँ ८८०) मा गरिब जनताको ऋण मोचन गरि नेपाल संवत्‌को सुरुवात गराएका थिए ।लिच्छवीकालिन राज राघबदेब को शासनकालमा सुरु भएको नेपाल संवत्‌  पृथ्वी नारायण शाहको शासनकाल सम्म उपत्यकामा मौलिक सम्बतको रुपमा प्रचलनमा थियो लिच्छवीकाल अघि शक संवत्‌ प्रचलनमा थियो जनताको छोरा ले प्रचलनमा ल्याएको नेपाल देशको नामबाट राखिएको संवत्‌ भएको ले नेपाल संवत्‌ लाई मौलिक मानिन्छ ।पृथ्वी नारायण शाहको उपत्यका बिजय पश्चात बाट हाल सम्म पनि भारतबर्षका राजा बिक्रामादित्य ले प्रचलनमा ल्याएको बिक्रम संवत्‌ प्रचलनमा छ।

राज्य ले नेपाल संवत्‌ लाई मान्यता नदिएपनि नेवार समुदाय ले निरन्तररुपमा परिपालन एवं सँरक्षण गर्दै आएका थिए। विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछिदेखि नै नेपाल संवत्‌‌लाई राष्ट्रिय मान्यताका लागि जनस्तर बाट अभियान  चलाइएको थियो।राजाको प्रत्यक्ष शासन भएको पञ्चायत शासन कालमा एक भाषा, एक भेष नीति अनुसार नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना (भिंतुना) र्‍यालीमा सहभागी हुनेमाथि धरपकड गरिन्थ्यो।२०४६ सालको आन्दोलनले पञ्चायति शासन ढालेपछि भिंतुना र्‍यालीले वैधता पायो र त्यतिबेलादेखि हरेक वर्ष र्‍यालीको सभामा प्रधानमन्त्री उपस्थित हुँदै आएका छन्।

कार्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाताको सुरुवात् गर्ने परम्परासमेत काठमाडौँमा छ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत् समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै विसं २०५६ सालमा नेपाल संवत्को नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।  विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए। तर यसको व्यवहारिक प्रयोग भने हुन सकेको छैन।

बिशेषत: नेवार समुदाय ले मान्दै आएको नेपाल संवत्‌ ले पछिल्लो समय व्यापकता पाउँदै गएको देखिन्छ ।समयक्रम ले नेपाल संबत ले ब्यबहरिक प्रयोग हुने मा आशाबादी हुन सकिने आधारहरु बढ्दै छ....

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::