पत्रकारिता अब इन्टरनेटबाटै सिक्न पाइने,रेडियो ल्याव सुरु

आइतवार, माघ २६, २०७६

पत्रकारिता अब इन्टरनेटबाटै सिक्न पाइने,रेडियो ल्याव सुरु

इन्टरनेटमार्फत पत्रकारिता सिक्ने, सिकाउने र पढाउनेगरी नेपाल रेडियो ल्यावको सुरुवात भएको छ ।

एन्टेना फाउण्डेशन नेपालको पहलमा शुरु भएको नेपाल रेडियो ल्यावमा पत्रकारिता गर्न चाहने र गरिरहेका तर राम्रो तालिम र सिकाइको अभावमा अल्मलिएकाहरुका लागि बिभिन्न तालिम तथा पाठ्यसामग्रीहरु उपलब्ध छन् ।

एन्टेना फाउण्डेशनका कार्यकारी निर्देशक विनयशेखर गुरागाईका अनुसार नेपाल रेडियो ल्यावमा श्रब्यदृष्य, खेल तथा मनोरञ्जनरात्मक र अन्तरक्रियात्मक ढंगले पढ्ने र पढाउने सुबिधा सहित तालिम तथा सिकाई सामग्रीहरु उपलब्ध रहेका छन । ती तालिम सामग्रीहरुमा आधारित रहेर विज्ञ प्रशिक्षकहरुबाट सशुल्क र निःशुल्क रुपमा सिक्न र सिकाउन सकिन्छ ।

एन्टेना फाउण्डेशन नेपालका कार्यक्रम संयोजक संघर्ष पन्तका अनुसार रेडियोमा काम गर्ने रेडियोकर्मी, आमसञ्चार तथा पत्रकारिताका बिद्यार्थी र पत्रकारिता गरिरहेका तर सीपको अभावमा अलमलिएकाहरुका लागि सस्तो, छिटो र प्रभावकारी रुपमा सिक्ने र सिकाउने लक्षले नेपाल रेडियो ल्याव शुरु भएको हो ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::