पत्रकार तथा समाजसेवी स्व: रोशन श्रेष्ठको स्मृतिमा अक्षयकोष स्थापना

शनिबार, कार्तिक १५, २०७७

बाल कृष्ण पंगेनी

पत्रकार तथा समाजसेवी स्व: रोशन श्रेष्ठको स्मृतिमा अक्षयकोष स्थापना

साउदी अरवमा कार्यरत सम्पूर्ण नेपाली समुदायका सामाजिक अभियान्ता ,कुशल पत्रकार तथा आधीखोला कृषि तथा पशुपालन फर्मका सचिव स्व: रोशन श्रेष्ठको नाममा आधीखोला कृषि तथा पशुपालन फर्मको संरक्षणमा रहने गरी रोशन स्मृति ट्रस्टको स्थापना भएको छ ।

स्वर्गीय श्रेष्ठले साउदी अरवमा कर्म गर्दै गर्दा पत्रकारिताको माध्यामबाट नेपाली समुदायमा पुर्याएको योगदान तथा हामी सधै कति परदेशको जागीरमा फसिरहने अव आफु पनि आफनै देशमा के गर्नु पर्छ भन्ने अभिप्रायका साथमा  २०१९ सेप्तेम्बरदेखि आफ्नै मुलुक र मुलुकवासीलाई सम्पन्न गर्ने अभियानमा लागेर अघि बढ्दै गर्दा जुन १८,२०२० देखि  कोरोना भाइरस (कोभिड-१९ ) संक्रमित हुन्  गइ ३४ बर्षको अल्प आयुमा नै  २६ जुलाई २०२० मा साउदी अरवको दमाममा स्वर्गवास हुनु भएको थियो ।

वहाले देश,प्रदेश अनि प्रवासको नेपाली समुदायको हक हितमा गर्नु भएको योगदानलाई उच्च सम्मान गर्दै आधीखोला कृषि तथा पशुपालन फर्मको सातौ नियमित वैठकको दिन कम्पनीको सक्रियतामा न्युनतम १० लाख अक्षय रहने गरी रोशन स्मृति ट्रस्टको स्थापना गरेको छ । ट्रस्ट संचालनको लागि कम्पनीका अध्यक्ष राजु सैयदको संयोजकत्वमा ५ सदस्सीय समिति पनि गठन गरिएको  र जस्मा संयोजक राजु सैयद ,सदस्य त्रिभुवन पौडेल ,जेस कुमार श्रेष्ठ , टिका के सी र पारस काफ्ले रहेको आधीखोला कृषि तथा पशुपालन फर्मका अध्यक्ष राजु सैयदले एन ए मिडियालाई जानाकारी गराए  ।

हालसम्म ट्रस्टमा पाच लाख रुपिया घोषणा भैसकेको र यो ट्रस्ट निर्माण आभियानमा आधीखोला कृषि तथा पशुपालन फर्म लि.का सस्थापक सेयरधारीहरु,स्याङ्गजा सहयोग समाज साउदी अरवका सदस्यहरु र रोशन श्रेष्ठका शुभ चिन्तकहरुमा मात्र सिमित रहने पनि ट्रस्ट निर्माण समितिका सदस्य तथा आधीखोला कृषि तथा पशुपालन फर्म लि. का वर्तमान सचिव टिका के सी ले जानाकारी दिएका छन् ।

परिवारजनको पूर्ण अनुमति अनुसार उक्त  ट्रस्ट निमार्ण गरिएको हो । यस ट्रस्टबाट आउने वार्षिक नाफाबाट रोशन श्रेष्ठको नाममा सामाजिक कार्य गरिने स्पस्ट छ  ।

अहिले सम्म ट्रस्टमा यसप्रकार घोषणा भएको छ ।

राजु सैयद -५०,००० पचास हजार ,

जेष कुमार श्रेष्ठ -५०,००० पचास हजार

ढल बहादुर थापा -५०,००० पचास हजार 

गगा गोदार - ५०,००० पचास हजार

 बाल कृष्ण पंगेनी -३०,००० तिस हजार

 टिका के सी -३०,००० तिस हजार

 पारस काफ्ले-३०,००० तिस हजार

गोपाल पंगेनी -३०,००० तिस हजार

तुल बहादुर अधिकारी-३०,००० तिस हजार

दिपक खाण ठकुरी -३०,००० तिस हजार

 टिका राम भुषाल-३०,००० तिस हजार

 मोहन बि एस के-३०,००० तिस हजार

 सन्तोष परियार -३०,००० तिस हजार

 दिल बहादुर मल्ल ठकुरी-३०,००० तिस हजार 

घोषणा भएको छ  । 

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::