परदेशमा किन फुट्दैछौं हामी ?

बुधबार, कार्तिक २, २०७९

दिपक पुडासैनी

परदेशमा किन फुट्दैछौं हामी ?

जन्मदाता, जन्मघर, जन्मेको गाउँ, जन्मेको ठाउँ र जन्मे हुर्केको देश, साथी संगी, नातागोता इस्टमित्र सबैलाई छोडेर अर्काको देशमा गुलामी गर्न कसलाई पो रहर हुन्छ र < देशमा बनमारा झार झैं उर्मेका नेता, जलकुम्भी झार झैं मौलाएको भ्रष्टाचार, बर्षेभेल झैं उर्लिएको अन्याय, अत्याचार, भ्रष्टाचार र दलालीतन्त्र अनि तिनकै संरक्षण र हकहितमा मदमस्त रहेको सरकार भएपछी सोझ निमुखा गरिब नेपाली युवाहरु बिदेसिनुको बिकल्प नै रहेन ।

घरको चुलोमा आगो बाल्न, परिवारको हातमुख जोर्न अनि बुवा, आमा, श्रीमती र छोराछोरीको शरिरको लुगा फेर्नका लागि भएपनि इमान्दार भएर देशभित्र काम गर्दा नसकिने भएपछि देश नछोडेर के गर्ने ?

नछोड्नु मुलुक छोडिसके पछी, परिवार, आफन्त, साथिभाई छोडेर बिरानो ठाउँमा पुगेपछी एक्लोपनको अवश्य महशुस हुन्छ । यस्तोबेला आफ्नो देश, जिल्ला, क्षेत्र, अझ गाउँकै कोहि भेटिंदा हुने खुशीको कुनै बर्णन गर्न सकिदैन । अझ आफुले कमाएको मध्येबाट केहि पैसा आफ्नो गाउँसमाजको हितमा दुःखी पिडीतको सहयोगमा लगाउन पाए हामी आफैंलाई धन्य सम्झन्छौ । त्यसमाथी बिदेशमा आफु आफु जुटेर आफ्नो गाउँ समाजको हितका संस्थागत रुपमै लगानी गरेर गाउँ समाजको बिकाशमा कति धेरै योगदान भएका छन ति सबै उदाहरण हाम्रो सामु प्रस्टै छ ।

तर बिदेशमा पनि समय बदलिदै गइरहेको छ । अब त यस्तो लाग्न थालेको छ संगठित हुनु भनेको बिखण्डनको बिजारोपण गर्नु हो । युरोप देखी अमेरिकासम्म, कतार देखी मलेसियासम्म, अफ्रिका देखी अष्टेलियासम्म जहाँ जहाँ नेपाली पुगेका छन, त्यहाँ त्यहाँ संगठित भएका छन । अनी अर्को तितो सत्य जहाँ जहाँ संगठित भएका छन त्यहाँ त्यहाँ बिखण्डीत पनि भएका छन र आतंकको रुपमा बिखण्डन मौलाउंदो पनि छ ।

घरबाट निस्केपछी फलानाको छोरा भन्थे, गाउँबाट निस्केपछी फलानो गाउँको भन्थे, जिल्लाबाट निस्केपछी फलानो जिल्लाको भन्थे र केहि समय पहिलासम्म पनि बिदेश पुगेपछी नेपाली भन्थे ।

देशभित्रै त नेपालीको पहिचान गुमेको धेरै भइसक्यो । धेरैजसो यो वा त्यो पार्टीका कार्यकर्ता थिए, यो जात वा उ जातका थिए, यो भूगोल वा त्यो भूगोलका थिए दुखका साथ लेख्नु परेको छ आज देश बाहिर पनि नेपालीको पहिचान हराउन थालेको छ ।

आफ्नो गाउँ, समाज, जिल्ला वा देशका लागि केही गरौं भनेर संगठित भएका नेपालीहरु आज जात, धर्म, वर्ण क्षेत्र, राजनीतिक पार्टी आदिआदी नाममा बिखण्डन हुन थालेका छन । बिदेशमा अहिले एउटा नेपालीले मात्रै अर्को नेपालीलाइ सोध्दैन कि तँ कुन पार्टीको वा कुन जातको वा कुन ठाउँको भनेर हामी यति बिकृत भैसक्यौ की बिदेशिले समेत हामीलाई त्यही प्रश्न सोध्ने भइसकेको छ ।

यस्तो अवस्थामा अव आफुलाई प्रजातान्त्रीक देशको भनेर गर्वले छाति फुलाउनु कि लाज र सरमले रातो पिरो हुदै टाउको झुकाउनु

गाउँ, समाज, क्षेत्र, बर्ग समुदायको हकहितको लागि सरकारसंग माग राख्नका लागि जे जस्तो हथकन्डा अपनाए पनि बिदेशमा हामी किन र के का लागि बिभाजित हुदै छौ त्यो मैले अहिलेसम्म बुझेको छैन ।

एउटा तमाङले देशमा गुम्बा बनाउंदै छौ भन्दा हिन्दु, मुस्लीम, बाहुन, क्षेत्री सबैले सकेको सहयोग गर्थे, एउटा मुस्लीमले मस्जिद बनाउंदै छौं भन्दा हिन्दु, बौद्द, क्रिश्चियन सबै धर्मकाले सहयोग गर्थे । एउटा हिन्दुले मन्दिर बनाउंदैछौ भन्दा बौद्द, क्रिश्चियन मुस्लीम सबै समुदायकाले यथासक्य सहयोग गरेकै हुन ।

हामी देश बिदेश घुमेका, पढेलेखेका, जाने बुझेका, २१औ शताब्दिको बिज्ञान युगका मानिसहरु १५ शताब्दिको भेद बिभेदको खाडलमा कहिलेसम्म जाकिएर बस्ने ? यो वा त्यो जात, धर्म, बर्ण, क्षेत्र, दल, पार्टी, समुदायको भनेरै टुक्रिरहने की कम्तिमा पनि बिदेशमा हामी नेपाली एक हौ भनेर एकिकृत भएर बस्ने ?

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::