परदेश मा हुने भाई को दिदि बहिनिहरुमा न्यानो माया सहित शुभकामना

सोमवार, कार्तिक १९, २०७५

श्री कृष्ण श्रेष्ठ"धौबजी"

परदेश मा हुने भाई को दिदि बहिनिहरुमा न्यानो माया सहित शुभकामना

चारैतिर झिलिमिली,

फुल को सुगन्ध ले

मगमगिएको वातावरण,



अझ थपौ,

उल्लास मा रमाएका

निस्चल मनहरु



तिहार पर्ब याद आउँछ मलाई,



नेपाल सम्बत मनाउदा

र्याली मा सहभागी हुँदा

म्ह पुजा को दिन

आफै भित्र नियालेर

आफ्नै शरिर लाई

देव मानी पुजा गर्दा


देउसी भैलो को रमाइलो,  

संसार भुली 
पिंगमा मच्चिदाको क्षण


भाइ टीका को दिन,

एक टक ले दिदी बहिनीहरु

आउने बाटो हेर्दा



दिदी बहिनी बाट

निस्चल माया र बिश्वास,

आशीर्वाद सहितको टीका,

सदा रक्षा गर्ने बाचा सहित

उपहार टक्र्याउदा



यी या अनेकन पलहरु छ्न,

जो जिन्दगीको अनुपम

स्मृतीको रुपमा सदा

मन को कुनामा चहली रहन्छ,

उत्साहरुपि तत्व बनी सदा

उत्प्रेरणा दिई रहन्छ



दिदी बहिनीहरु को यादलाई

साचेर राखेको छु है,

परदेश मा भए नि,

यसपालि उपस्थिति हुन नसके पनि,

आशिर्वाद रहिरहोस,

अपनत्व रहिरहोस,

मार्गनिर्देशन रहिरहोस,



परदेश मा हुने भाई को

न्यानो माया सहित

शुभकामना

शुभकामना

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::