
शुक्रबार, माघ १६, २०७७
पाँच मिनेटमा फुल चार्ज हुने व्याट्रीको पहिलो पटक उत्पादन सुरु भएको छ। हाल बजारमा उपलब्ध रहेका इलेक्ट्रीक कार तथा स्कुटरमा प्रयोग हुने व्याट्री डीसी चार्जरमार्फत चार्ज गर्न कम्तीमा ४५ मिनेटभन्दा धेरै लाग्ने गरेको छ ।
५ मिनेटमा चार्ज हुने लिथियम आयन ब्याट्री इजरायली कम्पनी स्टोरडटले उत्पादन सुरु गरेको हो ।
स्टोरडटले फोन, ड्रोन र स्कूटरमा आफ्नो ‘एक्सट्रिम फास्ट चार्जिङ’ व्याट्रीको प्रयोग गरिसकेको छ । हाल कम्पनीले १ हजार व्याट्री उत्पादन गरेको छ । अब भने कम्पनीले यो नयाँ टेक्नोलोजी इलेक्ट्रीक कारमा प्रयोग हुने व्याट्री उत्पादन गर्ने जनाएको छ ।
नयाँ टेक्नोलोजीअनुसार व्याट्रीहरु पूर्ण रुपमा पाँच मिनेटमा चार्ज गर्न सकिने कम्पनीको दाबी छ । त्यसका लागि हाल प्रयोग गरिएको भन्दा धेरै शक्तिको चार्जरको आवश्यक रहन्छ । कम्पनीले सन् २०२५ मा पाँच मिनेट चार्ज गर्दा एक सय ३० किमीसम्म माइलेज दिने ब्याट्री बजारमा ल्याउने योजना बनाएको छ ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया