
शुक्रबार, कार्तिक ४, २०७९
एन ए मिडिया न्युज डेस्क
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पाँच वर्ष निर्वाचन लड्न अयोग्य ठहर गरेपछि राजधानी इस्लामावादमा तनाव उत्पन्न भएको छ ।
त्यहाँको निर्वाचन आयोगले इमरान प्रधानमन्त्री भएका बेला सरकारी अधिकारीलाई विदेशबाट प्राप्त उपहारमध्ये धेरै बेचेको र हिनामिना गरेको आरोप लगाउँदै उनलाई पाँच वर्ष निर्वाचन लड्न अयोग्य ठहर गरेको हो ।
विदेशीहरूले सरकारी अधिकारीलाई दिने उपहारसम्बन्धी तोसाखाना मुद्दामा प्रमुख निर्वाचन आयुक्तसहित पाँचजनाको इजलासले पूर्वप्रधानमन्त्री खानलाई दोषी ठहर गर्नुका साथै पाँच वर्षसम्मका लागि चुनाव लड्न अयोग्य हुने फैसला सुनाएलगत्तै प्रदर्शन शुरु भएको थियो ।
आयोग बाहिर गोलीसमेत चलेको छ । इमरान समर्थकहरूले आयोगको यो निर्णय खारेजको माग गर्दै प्रदर्शन गरेका हुन् । खानको तेहरिक ए इन्साफ (पिटिआई) पार्टीले आयोगको फैसलाविरूद्ध इस्लामावाद उच्च अदालतमा पुनरावेदन गर्ने भएको छ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया