पारीवारिक समाज साउदी अरबको आयोजनामा भब्य तीज कार्यक्रम हुने

बिहिबार, साउन २६, २०७४

राजु खनाल - रियाद

पारीवारिक समाज साउदी अरबको आयोजनामा भब्य तीज कार्यक्रम हुने

पारीवारिक समाज साउदी अरबको आयोजनामा भब्य तिज कार्यक्रम हुने भएको छ । आउदो अगष्ट १८ को दिन रियादको एक्जिट १८ मा हुने सो कार्यक्रममा नास्ता, खाना र दरको ब्यबस्था समेत मिलाइएको छ ।

उक्त कार्यक्रममा मनोरन्जनात्मक र भाग्यसाली उपहार समेत राखिएकोले स – शुल्क बनाइएको समाजका महासचिब अरुण बेलबासेले बताए ।

नेपालमा तिज एक हप्ता पछाडी भएपनि कार्यब्यस्तता र तीजको दिन सबै हिन्दु महिलाहरुको ब्रत पर्ने भएकोले एक हप्ता अगाडीनै तीज विशेष कार्यक्रम आयोजना गर्न लागिएको समाजका कोषाध्यक्ष मदन ओदारीले बताए नेपालको सस्कृति र पर्बहरुलाई बिदेशमा रहेर पनि संरक्षण गरिएको र यहा रहेका दिदीबहिनीहरुलाई माइतको याद आइरहने र सो यादलाई ताजा बनाउन र मनोरंजन दिने कार्यक्रमको प्रमुख उधेश्य रहेको संयोजक अमृत पौडेलले बताएका छन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::