
सोमवार, कार्तिक १७, २०७७
बाल कृष्ण पंगेनी
नेपाल दुतावास रियाद साउदी अरवले पासपोर्ट नवीकरण गर्नु पर्ने सम्पूर्ण साउदी अरवमा कार्यरत नेपाली श्रमिकहरुको सुविधालाई मध्यनजर गरेर अनलाईन फर्म भर्ना आग्रह गरेको छ ।
अनलाइन फर्म प्राप्तको आधारमा पाई पर्ने स्थानीय निकाय (दमाम,जुवेल,अलहासा,हाफर अल्वातेन,हायल,अल्कासिम ) मा निकट भविष्यमा नै अस्थायी नबिकरण शिबिर राखिने र प्राप्त आवेदनमा फोटो खिच्ने,औठा छाप र हस्ताक्षर लिने कार्य हुने सुचनामा स्पस्ट लेखिएको छ । फर्म भर्दा नागरिताको फोटो कपी तथा राहधानीको फोटो भएको पेज र अन्तिम पेजको फोटो कपी अनिवार्य संलगन गर्नु पर्ने पनि सुचनामा लेखिएको छ ।
सुचनामा यो पनि स्पस्ट लेखिएको छ जसले अनलाईन फर्म भरेका छन् उनीहरुले मात्र यो नवीकरण अस्थायी शिविरबाट यो सेवा प्राप्त गर्न सक्ने छन् । त्यसकारण सबै पासपोर्ट नबिकरण गर्न चाहनेलाई अनलाईन फारम भरी यो सुविधा लिन दुतावासले अनुरोध गरेको छ । अनलाईन फर्म भर्नाको लागि तलको लिंक क्लिक गर्नु होला ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया