पिडित नेपाली हरुको सहयोगार्थ स्याङ्गजा सहयोग समाज साउदी अरब द्वारा खुल्ला भलिबल प्रतियोगिता को आयोजना गरिने

शुक्रबार, साउन २५, २०७५

एन ए मिडिया न्युज डेस्क

पिडित नेपाली हरुको सहयोगार्थ स्याङ्गजा सहयोग समाज साउदी अरब द्वारा खुल्ला भलिबल प्रतियोगिता को आयोजना गरिने

मुस्लिम धर्मालम्बीहरु को महान चाड ईद उल अजहाको अवसर पारेर स्याङ्गजा सहयोग समाज साउदी अरब द्वारा खुल्ला भलिबल प्रतियोगिता को आयोजना गरिने भएको छ ।उक्त प्रतियोगिता यहि आउदो अगस्त २२ र २३ तारिक, रियादको एक्जिट १८ स्थित अल ओज्यमि क्याम्पको खेल मैदानमा हुने भएको छ।

ईद को लामो बिदा हुने भएको हुदा बिदाको समय लाई सामाजिक सेवामा समर्पित गर्न तथा नेपाली समुदाय बीच आपसी सद्बभाब बढाउन टेवा पुग्ने हेतु ले यस्तो किसिमको कार्यक्रम को आयोजन गरिएको स्याङ्गजा सहयोग समाज साउदी अरबका महा-सचिब टिका के सी ले जानकारी दिए।साथै उक्त कार्यक्रम बाट संकलित रकम बिसुद्ध सामाजिक सेवाको लागि प्रदान गरिने पनि उनले बताए।

उक्त प्रतियोगिताको पुरस्कार राशी क्रमश: प्रथम पुरस्कार साउदि रियाल २,५०० (प्रमाण पत्र,ट्रफी, मेडल),दितीय पुरस्कार साउदि रियाल १,५०० (प्रमाण पत्र ,ट्रफी, मेडल) तृतिय पुरकार ,साउदि रियाल (७०० प्रमाण पत्र) रहेको छ साथै उत्कृष्ट खेलाडीलाई छनौट गरी उचित पुरकार तथा प्रमाण पत्रको ब्यबस्था रहेको छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::