पिनास रोग:लक्षण,उपचार

बिहिबार, पुस २६, २०७५

पिनास रोग:लक्षण,उपचार

नाकसँग जोडिएको हड्डी भित्र खोपिल्टो हुन्छ। यसलाई चिकित्सा विज्ञानमा साइनस भनिन्छ। रुघा बिग्रेर साइनसभित्र संक्रमण हुन पुग्ने अवस्थालाई पिनास भनिन्छ।

बाहिरी वातवरणसँग नाकको सम्बन्ध सीधा र धेरै हुन्छ। मौसम परिवर्तन हुने बेला र चिसो वातवरणमा किटाणु बढी सक्रिय हुन्छन्। जसका कारण रुघाखोकी लागिरहने हुन्छ। त्यस क्रममा पिनास हुने सम्भावना बढ्छ । ‘मौसम परिवर्तन हुने क्रममा वातवरणमा रुघाखोकीका भाइरस बढी सक्रिय हुन्छन्, त्यसकारण जाडोमा रुघा धेरै लाग्छ,‘रुघा धेरै लागेपछि नै पिनास हुने जोखिम पनि बढ्छ ।डाक्टरहरु का अनुसार   जब वातवरणमा रुघ लगाउने किटाणु ज्यादा हुन्छन् तब ती नाकका प्वाल हुँदै साइनस (खोपिल्टो) सम्म पुग्छन्। कसैलाई रुघा लागिरहने एलर्जी छ र पटक–पटक रुघा लागिरहन्छ भने उसलाई पिनास हुन्छ। वातवरणाीय एलर्जीले पनि रुघा लागिरहने हुन्छ र पछि गएर पिनास बन्छ।

पिनास हुने दोस्रो कारण हो, रोगसँग लड्ने शरीरको प्रतिरक्षा क्षमता कमजोर हुनु। यस्तो क्षमता कमजोर भएका व्यक्तिलाई रुघा लागिसकेपछि चाँडै निको हुँदैन। यस्ता बिरामीलाई एन्टिबायोटिकले पनि सजिलै काम गर्दैन र रुघाखोकी लम्बिएर संक्रमण साइनससम्म पुग्छ। यस्तो अवस्थामा पिनास हुन्छ।

पिनास हुने तेस्रो कारण हो, नाकको हड्डी बांगो हुनु। नाकको डाँडी लामो भएका व्यक्तिहरूको नाकको हड्डी बांगो हुन्छ। यस्तो हड्डी जतापट्टि बांगो भएको हो, त्यतापट्टि नाकको प्वाल सानो हुन्छ। यस्तो प्वालबाट हावा आवतजावत राम्रो हुन सकेन भने किटाणु प्रवेश गर्छन्। यस्तो अवस्थामा पनि साइनसमा संक्रमण भइ पिनास हुन्छ। हाम्रो वातवरणमा किटाणु बढी हुनुका कारण रुघा लागिरहने भएकाले हामी सबै पिनासको जोखिममा रहेको ले   सकेसम्म व्यक्तिगत सफाइमा ध्यान दिने, बाहिर हिँड्दा भरपर्दो मास्कको प्रयोग गर्ने गरेर रुघा लाग्नबाट बच्नुपर्छ। कारणवश रुघा लागिहालेमा पनि यसको छिटो र उचित उपचार गर्नुपर्छ।

सानोमा कुपोषण भएका तथा पछि गएर कुपोषण भएका व्यक्तिमा पनि रुघाखोकीको संक्रमण बढी हुने र सामान्य उपचारले निको नहुने हुन्छ ।यस्ता व्यक्तिले आफ्नो स्वास्थ्यको विशेष हेरचाह गर्ने र पोषणयुक्त खानपान गरेर शरीरको रोग प्रतिरोध क्षमता बढाउन सकिन्छ । अर्को कुरा, रुघाखोकी लागिहालेमा तथा पिनास भइहालेमा त्यसको बेलैमा उपचार गर्नु यसको असरबाट बच्ने अर्को उपाय भएको हो ।

पिनासका लक्षणहरू - टाउको दुख्ने -  अनुहारका भागहरू दुख्ने -  नाक बन्द हुने -  नाकबाट बाक्लो सिंगान बग्ने -  मुखबाट खकार आउने -  खोकी लागिरहने -  नाकले कुनै गन्ध थाहा नपाउने

उपचार,

कतिपय अवस्थामा एन्टिबायोटिक औषधिको प्रयोगले पनि पिनास निको हुन्छ तर रुघाखोकी लाग्यो भन्दैमा आफूखुसी औषधि सेवन गर्नु भने उचित नहुने चिकित्सकहरु  बताउँछन्। एन्टिबोयोटिकले निको नभएपछि मात्र नाकको हड्डी शल्यक्रिया गरिन्छ। एलर्जी समस्या भएका बिरामीले भने चिकित्सकको सिफारिसमा लामो समय औषधि खानुपर्छ। सँगसँगै आफूलाई कुन कुराले एलर्जी हुन्छ त्यो पत्ता लगाएर त्यसबाट बच्नुपर्छ।चिकित्सकका अनुसार   हड्डी बांगो भएका कारणले पिनास भएको हो भने त्यसको शल्यक्रिया गर्न सकिन्छ।

शरीर मा  रोग प्रतिरक्षा प्रणाली कमजोर भएकाहरूले भने चिकित्सकको सल्लाहमा केही बढी समय नियमित एन्टिबायोटिक सेवन गरेर पिनास निको पार्न सकिन्छ।रोगसँग लड्ने शरीरको प्रतिरक्षा क्षमता कमजोर भएकालाई बढी रुघा लाग्छ। प्रतिरक्षा बलियो भएकालाई कम लाग्छ। बारम्बार रुघा लागेपछि पिपमा परिणत भएर प्वालमा भरिन्छ। टाउको दुख्ने, नाक बन्द हुने, नाकबाट बाग्लो सिंगान बग्ने, मुखबाट खकार निस्कने, अनुहार दुख्ने, खोकी लागिरहने, नाकले केही थाहा नपाउने जस्ता लक्षण देखिन्छन्।समयमै पिनासको उपचार नभए यसले जटिल रूप लिने चिकित्सक बताउँछन्। नाकको बाटो हुँदै पिनासको पिप मस्तिष्कमा पुग्न सक्छ। मस्तिष्कमा पिप जम्यो भने  मस्तिष्कमा संक्रमण र मेनेन्जाइटिस हुन्छ। साथै निमोनिया हुने, आँखामा खराबी आउने, साइनस मक्किने समेत हुन्छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::