`पिरती नाप्ने के ले हो ´ भिडियो यूटुवमा सार्बजनिक (भिडियो सहित)

बुधबार, माघ २९, २०७६

`पिरती नाप्ने के ले हो ´ भिडियो यूटुवमा सार्बजनिक (भिडियो सहित)

ताप्लेजुङ्ज जिल्लाको सिनाम पञ्चमीमा जन्म लिएका गायक बीरेन्द्र श्रेष्ठ र जिल्ल्लाकै थेचम्बु गा.बि.स मा जन्मीएकी  गायिका टिका पर्साईको आवाजमा रहेको नयाँ गीत “पिरती नाप्ने के ले हो ?’ गीतमा सिनाम पञ्चमी  कै संजिव थेवेले अभिनय गरेको म्यूजिक भिडियो यूटुब च्यानल मार्फत सार्वजानिक भएको छ ।

गीतको म्युजिक भिडियो तयार भए संगै विहिबार सार्वजानिक गरिएको हो । सांगीतिक क्षेत्रमा एकाएक फड्को मार्दै चर्चामा रहेका श्रेष्ठले चर्चित गायिका पर्साईसंग गाएको गीतको भिडियोमा चलचित्र होस्टेलकि नायिका रिस्ता बस्नेत र अर्को चलचित्र शान्तिका नायक सञ्जिब थेवेले रोमाञ्चक तवरले अभिनय गरेका छन् ।

संगीतकार दिपकराज विश्वकर्माले संगीत भरेको गीतको शब्द भने सृजना रबीन स्वप्निल गिरीको हो । सुरेन्द्र बसेलको कोरियोग्राफि रहेको भिडियोमा रफ पहिरनमा देखिने सञ्जिब र बोल्ड अवतारमा प्रस्तुत रिस्ताको केमेस्ट्री सुहाएको देखिन्छ ।

निशान घिमिरेको निर्देशनमा बनेको भिडियोमा ताप्लेजुङको सिनाममा जन्म भई हङकङमा बसोबास गर्दै आएका बसन्त थेबेले लगानी गरेकाछन् ।म्युजिक भिडियो र गीतलाई दर्शक एवम श्रोताले रुचाउने निर्माण पक्षको विस्वास छ । बरिष्ठ ईन्जिनियर समेत रहेका गायक श्रेष्ठका दर्जनौ गीतहरु बजारमा आईसकेकाछन् भने उनका गीतले नि चर्चा समेत पाउने गरेकाछन् । यस अघि सार्वजानिक गीतहरु दर्शक तथा श्रोताद्धारा निकै रुचाईएकाले छोटो समयमा नै सांगीतिक क्षेत्रमा ई.श्रेष्ठले फड्को मारेका हुन् ।

भिडियो 

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::