पूर्व डिआइजी कोइराला फेरि जेल जाने सम्भावना कायमै

शुक्रबार, साउन ९, २०७७

पूर्व डिआइजी कोइराला फेरि जेल जाने सम्भावना कायमै

श्रीमतीको हत्यामा दोषी ठहरिएपनि सर्वोच्च अदालतको सजाय घटाउने फैसलापछि साँढे आठ वर्ष जेल सजाय काटेर थुनामुक्त भएका पूर्व डिआइजी रञ्जन कोइराला फेरि जेल जानुपर्ने सम्भावना कायमै रहेको छ । सर्वोच्चको फैसला चित्त नबुझेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनको निवेदन दिने निर्णय गरेपछि सरकारी वकिलले निवेदन दिएपछि उनको जेल जानुपर्ने सम्भावना कायमै रहेको हो ।

पुनरावलोकन निवेदनपछि फेसला उल्टन सक्ने सम्भावना रहन्छ । यस अवस्थामा उनी पुनः जेल जानुपर्ने हुनसक्छ । फैसला निकै आलोचित छ । यसबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले जिल्ला र पुनरावेदनको सर्वस्वसहित जन्मकैदको फैसला उल्टाएर आठ वर्ष छ महिना सजाय कायमको फैसला गरेका थिए । सोही आधारमा आज रञ्जन छुटेका थिए । उनलाई लिन प्रेमिका तारा रेग्मी कारसहित जेल पुगेकी थिइन् । यसले निकै चर्चा पाएको छ ।

सशस्त्र प्रहरी बलका तत्कालिन डिआइजी रञ्जन कोइरालाले पत्नी गीता ढकालको हत्या गरी शव मकवानपुरमा लगी जलाएका थिए । सशस्त्र प्रहरी बलका तत्कालिन डिआइजी रञ्जन कोइरालाले पत्नी गीता ढकालको हत्या गरी शव मकवानपुरमा लगी जलाएका थिए । उनलाई ८ माघ २०६८ मा पक्राऊ गरिएको थियो । काठमाडौं जिल्ला अदालतले ७ वैशाख २०७१ मा सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । फैसला चित्त नबुझेको भन्दै रञ्जनले उच्च अदालत पाटनमा पुनरावेदन दिएपनि २३ मंसिर २०७२ मा जिल्लाकै फैसला सदर गरिदियो । तर, सर्वोच्च अदालतले साँढे ११ वर्ष कैद मिनाहा गर्ने फैसला सुनायो ।

रञ्जनमाथि शव नै वेपत्ता बनाउन खोजेको अभियोग समेत लागेको थियो । त्यतिबेला रञ्जन भावी आइजीपीका रुपमा लिइन्थे । पत्नी हत्याले उनलाई जेलमा मात्र पुर्याएन करिअर नै बिगारिदियो ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::