प्रदर्शन मितिसँगै ‘छ माया छपक्कै’को ‘जुनको जुनेली’ रिलिज (भिडियो सहित)

शुक्रबार, भदौ १३, २०७६

प्रदर्शन मितिसँगै ‘छ माया छपक्कै’को ‘जुनको जुनेली’ रिलिज (भिडियो सहित)

चलचित्र ‘छ माया छपक्कै’को प्रदर्शन मितिसँगै पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रलाई असोजको २४ गतेबाट रिलिज गर्ने जानकारी सार्वजनिक गीतमा नै दिइएको छ । योसँगै दशैंको टिकापछि मात्र चलचित्र रिलिज हुने पक्का भएको छ ।

चलचित्रमा समावेश ‘जुनको जुनेली’ बोलको गीत पनि सार्वजनिक भएको हो । बसन्त थापा र मिना निरौलाको स्वर, बसन्त थापाको संगीत र राजेन्द्र थापाको शब्द रहेको गीतमा चलचित्रका मुख्य कलाकारहरुलाई फिचरिङ गरिएको छ । लोक शैलीमा रोमान्टिक तरिकाले तयार पारिएको गीतमा मुख्य कलाकारहरु दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, वुद्दि तामाङ लगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।

दिपेन्द्र लामाले यो चलचित्रलाई निर्देशन गरेका हुन् । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा विपिन मल्लको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, हरि हुमागाँइको छायांकन, दिपकराज गिरीको पटकथा, दिपेन्द्र लामाको कथा छ ।

भिडियो

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::