प्रदेश १ को सरकारले बाढीबाट ज्यान गुमाउनेका परिवारलाई १ लाख राहत

बिहिबार, कार्तिक ४, २०७८

प्रदेश १ को सरकारले बाढीबाट ज्यान गुमाउनेका परिवारलाई १ लाख राहत

प्रदेश १ को सरकारले बाढी पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। प्रदेश दैवीप्रकोप उद्धार समितिको बैठकले बाढी पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रति व्यक्ति एक लाख रुपैयाँका दरले राहत बितरण गर्ने निर्णय गरेको हो।

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले बाढी पहिरोबाट मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख नगद र क्षतिग्रस्त घर निर्माण गर्न ३ लाख रुपैयाँ राहत दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रबक्ता सरोजप्रसाद गुरागाईले जानकारी दिए।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::