
शुक्रबार, असार २४, २०७९
बाल कृष्ण पंगेनी
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वार्ड नम्बर ११ भड़डीहावामा नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय ,प्रधानमंत्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाई कपिलवस्तुले माछा पालन गर्ने इच्छुक कृषकहरुलाई एक दिने माछा पालन सम्वन्धी तालिम सम्पन्न गरेको छ ।
तालीममा कृषकलाई माथि उठाउन सक्ने माछाका प्रकार,माछा हेचरी, हेचरीबाट नर्शरीमा राख्ने अवधी र कुन अवधीका भुराले कसरी लाभ दिन सक्छन तथा पोखरी निर्माण र प्रकारका बारेमा तथा सरकारले माछा पालनमा दिएका दृष्टिकोण र व्यावसाय गर्न सरकारमा सुचिकृत कसरी हुने बारे प्रशिक्षिण दिईएको थियो ।
उक्त तालिममा वाणगंगा नगरपालिका वार्ड नम्बर ११ भड़डीहावाका समाजसेवी चेत नारायण ढकाल, कृषि तथा पशु पक्षीविद कृष्ण पाठक ,स्थानीय समा पाठक,वेद प्रसाद गैरे ,नैना भुर्तेल,नन्दी पाठक ,राम कुमारी थारु सहित ४० जनाको उअपस्थित रहेको थियो । तालिम वाणगंगा नगरपालिका वार्ड नम्बर ११ भड़डीहावा दुर्गा मन्दिरमा भएको थियो ।
प्रशिक्षण नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय ,प्रधानमंत्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाई कपिलवस्तुका प्रशिक्षक द्दय सन्तोष पौडयाल र निरज खनालले दिएका थिए ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया