प्रधानमन्त्री पदमुक्तै नभई नयाँ प्रधानमन्त्रीको खोजी

बिहिबार, जेष्ठ ६, २०७८

प्रधानमन्त्री पदमुक्तै नभई नयाँ प्रधानमन्त्रीको खोजी

प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधानको हुर्मत लिने प्रयास ...
रास्ट्रपति बिद्या देबी भण्डारी ले प्रधानमन्त्री को सिफारिस मा संबिधानको धारा ७६(५) बमोजिम भोली  साँझ  ५ बजे को सम्म को समय सीमा दिई प्रधानमन्त्री को लागी दाबी पेश गर्न आह्वान गरेकी छिन।
संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलका नेताका हैसियतमा नियुक्त प्रधानमन्त्री पदमुक्त नै नभई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रियाका लागि आह्वान गर्नु भनेको संविधानको धज्जी उडाउनुभएको संविधानविदहरुको भनाइ छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिश र राष्ट्रपति विद्या भण्डारीको अनुमोदनमा बिहीबार साँझ नयाँ प्रधानमन्त्री नियुक्तिका लागि गरिएको आह्वान असंवैधानिक भएको संविधानविदहरुले टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि पदमुक्त हुनुको साटो उपधारा ३ बमोजिम आफै प्रधानमन्त्री बनेका  प्रधानमन्त्री ओलीले उपधारा ४ बमोजिम विश्वासको मत लिन संसदमा नजाने भन्दै उपधारा ५ अन्तर्गत नयाँ सरकारको गठनका लागि विहीबार साँझ राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए  ।

उता, राष्ट्रपति भण्डारीले पनि संविधानको ठाडो उल्लंघन हुने गरी प्रधानमन्त्रीको आग्रहमा उपधारा ५ बमोजिम संसदमा रहेका कुनै एक सांसदलाई बहुमतसिद्ध गर्ने आधारसहित प्रधानमन्त्री दावी गर्न आह्वान गरेकी हुन ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::