प्रबासीको बेदना

शनिबार, अशोज ११, २०७६

केशब पुन मगर

प्रबासीको बेदना

स्यानुमा दशै आउदा निकै रमाईलो  हुन्थ्यो । नयाँ लुगा चामलको भात अनि मासु खान पाइने भएकोले पनि स्यानो हुदा दशैको रमझममा मन कुढ्थ्यो । गरिब परिवार त्यसै माथी गाउँ ,आमाले जसोतसो दशै खर्छ जुटाउनुहुन्थ्यो अनि गाउँको (दमाई) बाट तिनै भाइलाई एक एक कमिज या झाङे (हाफपाई इन्ट) सिलाइदिनुहुन्थ्यो ।

दशै आएको एक पहिना पहिले नै थाहा हुने ,गाउलेहरु दशै खर्च  जुटाउन जाटु (चांखी) , सिलौटा , बेच्न सदरमुकाम जान्थे । बेचेर धेरथोक चामल नयाँ लुगा किनेर ल्याएको अनि आउदा चौपारीमा बसि थकाइ मारेको अनि मलाई चक्लेट ( ओरेन्ज) दिएको मैले अचेल परदेश बस्दा खुब सम्झिन्छु । अनि थाहा हुन्थ्यो दशै आएको । घरमा केही पनि जोरजाम नगरेको थाहा पाएर म आमाको काखमा घोप्टिएर रुन्थे , दशै सम्झिदै , नयाँ लुगा सम्झिदै , मासु अनि भात सम्झिदै । आमाले मेरो रुवाइ संगै नयाँ लुगा किनिदिने , भात मासु खुवाउने बाँचा गर्नुहुन्थ्यो । म भुल्थे आमाकै काखमा निदाउथे ।

गाउँमा मकै भाँच्ने , बदाम खन्ने , कोदो टिप्ने काम संगै गहु या जहु छर्न खनजोत गर्नु पर्थ्यो तर मेरो लागि एकदम सजिलो । काम भनेसी मैले जस्तो सुकै काम पनि गर्थे । तर पढ्न भनेसी , स्कुल जाने भनेसि डोको नाम्लो बोकि जंगल जान्थे , बाख्रा चराउन जान्थे , घाँस काट्न जान्थे , तर म जिन्दगीमा कहिल्यै फेल भएन नम्बर भने एकदम काम आउथ्यो परिक्षामा । सम्भवत , बसुन्धारा प्राथामिक बिध्यालय हाङबाङ , बाल उदय माबी माडिचौर अनि बागेश्वरी क्याम्पस  कोहलपुर नेपालगन्जबाट परीक्षामा  कम नम्बर लिएर पास हुने बिध्यार्थिमा मेरो रेकर्ड नै होला । घर माथी गाउँमै ( हाङबाङ) मै भए पनि हामी धेरै जसो सपरिवार घोलामा (गैरा) मा बस्थेउ । केही काम पर्‍यो भने गाउँ जान्थेउ । त्यति खेरको दशैमा पैसेरु नाच (मगर जातिमा ) नाचिने नाच हुन्थ्यो गाउँमा । दशैमा बाह्र या पन्ध्र घर मिलि राँगा काट्ने लगभग चलन नै थियो , ५०० , १००० , १५०० सयको भाग लाग्थ्यो मासु को । ५०० को कम , १००० को अलिक बढी अनि १५०० झन बढी भागमा परथ्यो । हामी संग पैसा नभएर १००० र १५०० सयको मासु कहिल्यै खाएनौ तर ५०० को भागको मासु पनि सबै परिवार मिलेर खादा बहुत आननद आउथ्यो । मलाई अझै याद छ (स्यानो) डोको लिएर भागको मासु उठाउन गएको , अनि मासुको (रगत) खुट्टाको ( धङ ) भरी चुहाउदै मखमलको टोपि लगाएर ओराली (गैंरा) झरेको । मन प्रफुल्ल हुन्थ्यो । साँझ खुसि हुँदै मासु भात खाएर काम्बल (भेडाको ऊनको) बोकि पैसेरु नाच्न भनी उकाली चढेको , पारी डाडा बाट जानुको डरले ( जग बहादुर ) दाइको कमदको कान्ला उक्लिदै नर्सिङ बतिज (तिक्र्या) घर निस्केको याद यो परदेशमा अचेल मानसपतल भरी फनफनी घुम्छ । अचेल मैले सोच्छु जग बहादुर दाइले बजाउने त्यो ठूलो दमाह छ कि छैन होला ? त्यो ठूलो ठूलो मादल , झ्याली , डुन्डी हरु अचेल कसले बजाउछन ? पैसेरु नाचमा सधै अगाडि नाच्ने (मादले) दागुको देहान्त पछि अचेल पैसेरु नाछे को अगाडि नाच्छ होला ? सधै पैसेरु नाचिने मुख्या (दागु) मामाको आगन अनि स्वर्गीय बेल जिठुको घरको आगन अचेल उत्रै छ कि ठूलो भयो होला ? सकि नसकी पैसेरुको मुरली बजाउने सुन्दर बदै (सुक्या) अनि बिरु बदैहरुले अचेल बाँसुरी बजाउन जानेकी जानेन्न होला ? असिना न पसिना भएर झ्याली पिट्ने कमल (काला) भाइले अचेल झ्याली पिट्न छोड्यो कि छोडेन होला ? जानी नजानी अगाउरे नाच्न खोज्ने टिकामन जेठान अचेल के गर्दै होलान ? नाच्दा खेरी बस्न नस्कने खल्सिं जेठानले अचेल नाच्दा बस्न सक्नु हुन्छ कि सक्नु हुन्न होला ? जहिले पनि अरुलाई हसाइ रहने नरसिंह बतिज ले अचेल चुटकिला भन्न छोडेकी छोडेन्न होला ? सधै अगाउरेको पछि नाच्ने माइला दाइ कृष्ण बहादुर पुन (मान्या) दाजुले अगाउरे नाच्न जान्नु भयो कि भएन होला ? सिटि बजाएर कानको जाली नै फुटाल्दिने दुत्या दाजु अचेल गाउँमा के गर्दै होलान ? मुसा बिरालो खेलेको ती साथिहरु कता होलान अचेल ? खुब सम्झिन्छु साथी भाइ इस्तमित्रहरुलाई यो परदेशको भुमी बाट । गत साल लगभग तेह्र / चौध बर्ष पछि दशै मान्ने अबसर पाएको थिए तर नरमाइलो तरिकाले गयो - दौतरी थिएन , मादल थिएन , झ्याली थिएन , दमाह थिएन । बाँसुरी थिएन थियो त केबल घरपरिवार थिए एकदुइ जना आफ्न्त थिए । सुक्या , बिरु , तिक्र्या , काला , दुत्या राम कुमार कोइ थिएन , उल्लेखित नाम गरेको साथिभाइलाई मैले खुब सम्झे पोहर साल दाङ बाट र आज अरब बाट उसै गरि सम्झिदैछु , मलाई थाहा छैन यिनिहरुले मलाई सम्झिन्छन या सम्झिन्न तर मैले हरबखत सम्झिरहेको छु , गाउँलाई सम्झिरहेको छु , आदरणीय मामा माइजू , पागी मागी , साला साली भाइ बतिज सब आफन्तलाई सम्झिरहेको छु , मुख्य त दशै सम्झी रहेको छु , तिहार सम्झी रहेको छु अनि पैसेरु सम्झिरहेको छु , भैली सम्झी रहेको छु । थिए त माइला थिए - (मान्या) तर सहरको दशै गाउँको जस्तो रमैलो नहुने अझै शहरको भन्दा पनि परदेशको दशै आए पनि गए पनि थाहै नहुने । बस सम्झ्यो बस्यो यतिकै बितायो । आजभोलि दशै आउदा मन खुसी हुदैन , मीठो मसिनो खान मन लाग्दैन , नयाँ लुगा किन्न मन लाग्दैन , मासु भात खान मन लाग्दैन । अचेल मलाई दशै , दशै जस्तो लाग्दैन , अचेल दशैं आउदा क्यालेन्डर हेर्नू पर्दैन , मात्रै फेस बुक खोले पुग्छ , नेट हेर पुग्छ दशै आउन तिहार आउन कति दिन छ भन्ने कुरा थाहा भैहाल्छ । आउदै गरेको बडा दशैको सम्पुर्ण हिन्दु धर्मावलम्बीहरुलाई शुभकामना..... - रोल्पानगर पालिका-९ ,रोल्पा,हाल :अरबको मरुभूमि

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::