
मङ्लबार, साउन १०, २०७४
NA Media
ने.क.पा एमाले सम्बन्ध प्रबासी नेपाली मंच,साउदी अरब को पुर्बी क्षेत्रिय कमिटि पुनर्गठन हुने भएको छ।कमिटीको जिम्मेवार पदमा रहेका पदाधिकारीहरु साउदी बसाई समाप्त गरि मातृभूमि नेपाल फर्केको कारण ले समग्र संस्थाको कार्यप्रणालीमा कठिनाई उत्पन्न भएको ले पुनर्गठन गर्ने तयारी थालिएको हो।
पुर्बी क्षेत्रिय कमिटी सल्लाहकार कमल खरेल ले एन.ए मिडिया लाई दिएको जानकारी अनुसार आगामी शुक्रबार,२८ जुलाई का दिन दमाम सिको गार्डेन स्थित सनराईज कार्गोको सभा हलमा दिउसो ४ बजे भेला आवाहन गरिएको र सो बैठक द्वारा नयाँ कमिटिको गठन गरिने छ।सो बैठकमा सदस्यता वितरण समेत गरिने जानकारी दिदै खरेल ले पार्टीमा आस्था राख्ने सबैलाई उपस्थितिको लागी आग्रह गरेका छन।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया