
मङ्लबार, साउन ३, २०७९
प्रबासी नेपाली मन्च,साउदी अरबको दोश्रो अधिबेशन अगस्त ५ गते हुने भएको छ।
नेकपा(एमाले) को प्रबास शाखा मंचको अधिबेशनमा प्रमुख अथितिको रुपमा स्थाई कमिटि सदस्य तथा पार्टी विदेश बिभाग प्रमुख राजन भट्टराई रहने छन।
प्रबासी नेपाली मन्च,साउदी अरबका अध्यक्ष अमर श्रेष्ठ का अनुसार अगस्त ५,शुक्रबारका दिन रियाद स्थित एक्जित १८ को ईस्तारामा दिउसो १२.३० देखि हुने कार्यक्रम भब्य एवं सभ्य रुपमा सम्पन्न गर्न आन्तरिक तयारी तिब्र रुपमा हुदै छ अध्यक्ष श्रेष्ठका अनुसार कार्यक्रममा नेपाली दुताबास,बिभिन्न सामाजिक संघ संस्था,राजनैतिक पार्टीका प्रतिनिधिहरु,अभियन्ताहरु लगायत पार्टीमा आबद्द्ता रहेकाहरुको ब्यापक उपश्तीती रहने छ।
कार्यक्रममा पार्टी बाट विदेश बिभाग प्रमुख जस्तो महत्वपूर्ण व्यक्तित्वको उपस्थिति रहने र विदेश मामिलामा प्रमुख अथिति भट्टराई को दक्खल लाई दृष्टिगत गर्दा साउदी अरबमा रहेको नेपाली समुदायको समस्याहरु समाधानार्थ राजनैतिक पहलकदमी अझ बढी प्रभावकारी हुने हुँदा समग्र नेपाली समुदायको हितमा समेत कार्यक्रम उपयोगी हुन सक्ने औल्याउदै श्रेष्ठ ले अधिबेशन मा नयाँ नेतृत्व चयन लगायत बिबिध बिषयहरुमा समेत निर्णय हुने जनाए।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया