प्रबासी नेपाली सहयोग युवा मंच,साउदी अरब ले तेश्रो वार्षिकोत्सव भब्य रुपमा मनायो,देउसी भैलो,सामुहिक भाईटिका सहित तिहार समेत मनाईयो 

शनिबार, कार्तिक १६, २०७६

एन.ए मिडिया न्युज डेस्क

प्रबासी नेपाली सहयोग युवा मंच,साउदी अरब ले तेश्रो वार्षिकोत्सव भब्य रुपमा मनायो,देउसी भैलो,सामुहिक भाईटिका सहित तिहार समेत मनाईयो 

प्रबासी नेपाली सहयोग युवा मंच,साउदी अरब ले तेश्रो वार्षिकोत्सव भब्य रुपमा मनाएको छ । वार्षिकोत्सव कार्यक्रम देउसी भैलो,सामुहिक भाईटिका,लक्की ड्र लगायत सांस्कृतिक प्रस्तुती सहित मनाइएको थियो ।

१ नोभेम्बर शुक्रबार का दिन दमाममा आयोजित कार्यक्रम को सभापतित्व संस्थाका अध्यक्ष बिजय लामा ले गरेका थिए । नेपाली दुताबासका स्थानीय कर्मचारी अब्दुर रहिमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिसिस्ट अथितिहरुमा एनए मिडियाका प्रधान सम्पादक श्री कृष्ण श्रेष्ठ,अन्तर संस्था समन्वय समिति,साउदी अरबका अध्यक्ष कृष्ण पुरी,दिदि बहिनी समुह,साउदी अरबका अध्यक्ष एनए मिडिया बर्ष व्यक्तित्व २०१७ श्रीमती तुलसी मायाँ गुरुङ साथै तमु धी प्रबासी शाखा साउदी अरबका अध्यक्ष खेम गुरुङ,मगर संघ,शाखा साउदी अरबका का.वा अध्यक्ष बम थापा मगर,जिफन्ट साउदी अरबका अध्यक्ष बुद्दीमान बिश्वकर्मा,स्याङ्जा सहयोग समाज,साउदी अरबका महासचिब दिपक खांड,किराँत् राई यायोख्याका उपमहासचिब रबिन थुलुंग राई,नेपाली साझा मंच,साउदी अरब का उप-संयोजक अकल प्रधान,प्रवासी नेपाली मंचका अध्यक्ष समिर राई,अन्तर्राष्ट्रिय रोल्पाली समाजका कोषाध्यक्ष भिम मगर,संघिय लिम्बुवान का केन्द्रीय सदस्य यावा लिम्बु,पत्रकार नवराज योन्जन,पुस्त चामलिंग राई लगायत का अथितिको रुपमा रहेका थिए ।

एनए मिडिया कार्यक्रमको मिडिया पार्टनरको रुपमा रहेको थियो । मिडियाका प्रबन्ध निर्देशक रोशन एन श्रेष्ठ ले कार्यक्रमको संचालकको भूमिका कुशलता पुर्बक निभाएका थिए । कार्यक्रमको फेसबुक पेज मार्फत लाईब प्रशारण गरेको थियो ।

नेपाली रास्ट्रिय गान सहित सुरु भएको कार्यक्रममा सभापति,प्रमुख अथिति ले औपचारिक रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए । संस्थाका ऋषि श्रेष्ठ ले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रमको मुख्य आकर्षण सामुहिक भाई टिका र देउसी भैलो रहेको थियो । कार्यक्रमको स्टेज मा नै लहरै बसेर बिधि बिधान परिपालन गरि मौलिकपन सहित अध्यक्ष विजय लामा समेत ८ जना ले भाई टिका लगाएका थिए । ब्यबस्थित सामुहिक भाईटिका लाई सहभागीहरु ले प्रशंसा गरेका थिए ।

अन्तर्राष्ट्रिय रोल्पाली समाज को टिम,स्थानीय कलाकारको टिम ले सांगीतिक प्रस्तुति सहित देउसी भैलो प्रस्तुत गरेका थिए । मौलिकपन झल्काउने देउसी भैलो प्रस्तुतिमा सबै रमाएका थिए ।

कार्यक्रममा अथितिहरु ले प्रबासी नेपाली सहयोग युवा मंच,साउदी अरबको तेश्रो वार्षिकोत्सव तथा दिपावलीको शुभकामना दिएका थिए ।

वार्षिकोत्सव कार्यक्रमको अवसरमा लक्की ड्र समेत खोलिएको थियो । लक्की ड्र मा बिजेता रहेकाहरु कार्यक्रममा उपश्तित रहेका हरु लाई तत्कालनै पुरस्कार हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा मंचका सदस्यहरु मिलेर केक काटेर तेश्रो वार्षिकोत्सवको उपलक्ष्यमा खुसि साटासाट गरेका थिए साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने संघ संस्था,स्वयम्सेवक,कलाकारहरु लाई कदर पत्र हस्तान्तरण गरिएको थियो ।

अन्तमा,

साउदी अरबको पुर्बी क्षेत्रमा सक्रिय रहेको संस्था प्रबासी नेपाली सहयोग युवा मंच सामाजिक क्षेत्रमा आफ्नो उपश्तिती जनाउन सफल हुदै आएको छ । पछिल्लो दिनमा मंच ले अन्तर संस्था समन्वय समितिमा सक्रिय सहभागिता जनाउदै आएको देखिन्छ ।

सदस्य संख्या र आकारमा त्यति ठुलो संस्था नमानिएपनि बिगत र हालैको ब्यबस्थित कार्यक्रम मार्फत संस्था ले साउदी स्थित नेपाली समाजमा दर्बिलो उपश्तिती साथै मौलिक संस्कृति सम्बर्धनमा असल पहल गर्न  सफल भएको जनमानसमा चर्चा छ ।

फोटो फिचर,

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::