प्रवासी नेपाली समन्वय समिती – साउदी अरब द्वारा जेद्दामा एक दिने निशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना

मङ्लबार, पुस ७, २०७७

एन ए मिडिया न्युज डेस्क

प्रवासी नेपाली समन्वय समिती – साउदी अरब द्वारा जेद्दामा एक दिने निशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना

दम्माम, साउदी अरब

 

प्रवासी नेपाली समन्वय समिती - साउदी अरब द्वारा एक दिने निशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरिने भएको छ। उक्त शिविर यही डिसेम्बर २५ तारिक शुक्रबारको दिन साउदी अरबको जेद्दा शहरमा गरिने जानकारी प्रवासी नेपाली समन्वय समिती - साउदी अरबका संयोजक नारायण पासवानले दिए।

नेपाली डाक्टर सहित २ जना नेपाली स्टाप नर्स रहेको टोली द्वारा उक्त शिविर संचालन गरिने हुदाँ जेद्दा क्षेत्रका नेपाली समुदायलाई उक्त शिविरले केही हदसम्म राहत दिने महसुस संयोजक पासवानले गरेका छन।

शिविर जेद्दाको सराफिया स्थित अलबादर पोलिक्लिनिक पछाडी, ईम्प्लला गार्डेन हल ( Implala Garden Hall) मा अपराह्न्न १२ बजे देखी बेलुका ५ बजे सम्म रहने साथै उक्त शिविरमा महाबाणिज्य दुतावास जेद्दाको पनि उपस्थित रहने जानकारी पासवानले एन ए मिडीयालाई दिए।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::