प्रवासी नेपाली समन्वय समिति(पीएनसीसी)साउदी अरब र सुदुरपश्चिमेली नेपाली समाज साउदी अरबको समन्वयमा खाद्यान्न सहयोग

मङ्लबार, जेष्ठ १७, २०७९

बाल कृष्ण पंगेनी

प्रवासी नेपाली समन्वय समिति(पीएनसीसी)साउदी अरब र सुदुरपश्चिमेली नेपाली समाज साउदी अरबको समन्वयमा खाद्यान्न सहयोग

वैदेशिक रोजगारीका लागि साउदीअरब आएका ८ जना नेपाली श्रमिकलाई साउदी अरव आइ पुगे पछी काम र कम्पनीको कारणले खान बस्न गाह्रो भएको खबर पाए पश्चात  सुदुर पश्चिमेली नेपाली समाजको सहकार्यमा प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले खाद्यान्न सहयोग गरेको हो ।

मानवीय सहयोगको बारेमा सुदुर पश्चिमेली नेपाली समाज साउदी अरबका सचीव केशव सिंह धामी ले एन ए मिडियालाई  जानाकारी गराएका हुन  ।

साउदी अरबको आभा क्षेत्रमा खाद्यान्नको अभावमा रहेका पीडितका बारेमा आएको जानकारी पश्चात् सुदुर पश्चिमेली नेपाली समाज साउदी अरबका सचीव केशव सिंह धामी, महासचिव केशव बहादुर सिंह र पीएनसीसी साउदी अरबका संयोजक गणेश अर्यालको पहलमा पीडितहरुलाई पीएनसीसी द्वारा चामल, दाल, तेल, प्याज लगायतका खाद्यान्न सामग्री १०दिन सम्म पुग्ने खाद्यान्न सहयोग गरेका हुन् । साउदी अरबको दक्षिण पश्चिमी प्रान्तिय शहर आभा स्थित उनीहरूलाई कम्पनीद्वारा कामविहीन भई खानाको समेत समस्या रहेको निवेदन आएपछि खाद्यान्न अभाव झेलिरहेकाहरुलाई सहयोग गरिएको हो।

काठमाडौंको अनामनगरमा केन्द्रिय कार्यालय रहेको पीएनसीसीले वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्या झेलिरहेका नेपालीहरूलाई आफ्नै सेल्टरमा राखेर कानुनी सहायता लगायत अन्य मुद्दाहरूमा  पहल गरिनुका साथ साथै पीडितलाई बिदेशमा बाट स्वदेश  र स्वदेशबाट घरसम्म पुग्ने टिकट खर्चको व्यवस्था पनि गरिरहेको छ।

पीएनसीसीको प्रवास शाखा हालसम्म साउदी अरेबिया, दुबई, कतार, ओमान, कुवेत लगायतका देशमा छन् । भने सुदुर पश्चिमेली नेपाली समाज साउदी अरब साउदी अरवमा नया संस्था भए पनि नेपाली श्रमिकको लागि मलहम पट्टी बन्न सफल संस्था हो ।

आशा गरौ प्रवासमा रहेका सबै राजनीतिक, सामाजिक,जातीय तथा जिल्लाका नाममा रहेका संघ संस्था श्रमिक मैत्री बन्ने छन्  ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::