प्रवासी नेपाली समन्वय समितिको आयोजनामा दमाम स्थित अल ख्याम रेस्टुरेन्टमा एक दिनेअस्थायी श्रमिक सहायता शिविर आयोजना हुदै

बुधबार, कार्तिक ५, २०७७

बाल कृष्ण पंगेनी

प्रवासी नेपाली समन्वय समितिको आयोजनामा दमाम स्थित अल ख्याम रेस्टुरेन्टमा एक दिनेअस्थायी श्रमिक सहायता शिविर आयोजना हुदै

दुतावासको उपस्थितिमा श्रमिकका सबै खाले समस्या सम्बोधन हुने

साउदी अरवको पूर्वी क्षेत्रमा पर्ने नेपाली श्रमिकहरुको बाहुल्यता भएको शहर दमाम स्थित रहेको अल-ख्याम रेस्टुरेन्टमा श्रमिक सहायता एक दिने अस्थायी  शिबिर आयोजना  हुने भएको छ  ।

शिविर प्रवासी नेपाली समन्वय समिति (PNCC) को आयोजना र दुतावासको उपस्थितिमा हुन् लागेको प्रवासी नेपाली समन्वय समितिका साउदीका प्रतिनिधि नारायण पासवानले एन ए मिडियालाई जानाकारी गराएका छन्  ।  पूर्वी क्षेत्रमा रहेका सबै खाले समस्यामा परेका नेपाली श्रमिकहरु कोरोनाका कारण अर्थात अन्य अरु कारणले  रियाध दुतावास जान आउन कष्ट भएको महशुस गरेर पूर्वी क्षेत्रको स्थानीय स्तरमा नै उक्त शिविर दुतावासको सहकार्यमा आयोजना गर्न लागेको र यस शिविरबाट पूर्वी क्षेत्रमा रहेका सम्पूर्ण समस्यामा परेका श्रमिकहरुले लाभ लिन सक्ने पनि जानकारी गराएका छन् ।

शिविर आउदो शुक्रवार २३ अक्टोबर २०२० को दिन १२:३० बजेबाट संचालन हुने र  समस्या लिएर आउने सबै श्रमिकहरुले आफु सग भएको पासपोर्ट,इकामा केश चलेको भए सबै किसिमका कागजात साथमा लिई आउन र आउदा पन्जा,माक्स अनिवार्य तथा सामाजिक दुरी कायम गरी भद्र र धर्य गरी आफ्नो समस्या राख्न अनुरोध गरेको छन ।

   

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::