प्रश्न तपाईंहरुको “जवाफ दुताबासको” कार्यक्रम साउदीनेपाली अनलाईन टि.भि मा संचालन हुँदै

आइतवार, अशोज २, २०७३

प्रश्न तपाईंहरुको “जवाफ दुताबासको” कार्यक्रम साउदीनेपाली अनलाईन टि.भि मा संचालन हुँदै

साउदी नेपाली अनलाईन टि.भि ले नेपाली दुताबास संग समन्वय गरि साउदि अरबमा कार्यरत नेपालीहरुको समस्या/जिज्ञासा/प्रश्नहरुको जवाफ सिधै जिम्मेवार पदाधिकारी मार्फत लिने गरि "जवाफ-दुताबासको" कार्यक्रम संचालन गर्न गई रहेको छ ।

जसको पहिलो भाग आगामी ३० सेप्टेम्बर, २०१६ शुक्रबारका दिन नेपाली दुताबासका का.वा. राजदुत महामहिम आनन्द प्र. शर्मा ज्यु संग हुने टुङ्गो लागेको जानकारी गराउन चाहन्छौ।

साउदी नेपाली अनलाईन टि.भि को फेसबुक पेज मा मेसेज, इमेल info@arabnepal.com  र मोबाईल न. ०५७१८२२६३३ मार्फत आ-आफ्नो समस्याहरु, गुनासो र सुझाबहरु पठाउन सक्नु हुने छ, र ३० सेप्टेम्बर मा दिनको ठिक्क १२:३० देखि १:३० समान हाम्रो फोन नं. फोन गरेर पनि आफ्नो प्रस्नहरु सिधा राख्न सक्नु हुने छ, हामी सम्भव भए सम्म सबैको जवाफ दुताबास मार्फत ल्याउने छौ । नेपाली समुदायको अभिभाबकको रुपमा रहेको दुताबास र साउदीमा कार्यरत नेपाली समुदाय बिच सेतु बन्ने यो सानो प्रयास हो यो साउदि नेपाली अनलाईन टि.भिको ।

कृपया सल्लाह, सुझाब र मार्गनिर्देशनको अपेक्षा सबै मार्फत गर्दछौ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

नितेश निरौला

सारै राम्रो कार्य को थालनी।सफल रहोस् ,धन्यवाद saudinepali TV लाई ।नितेश

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::