
शुक्रबार, कार्तिक ४, २०७९
एन ए मिडिया न्युज डेस्क
चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिने भएकी छन् । दुई वर्षअघि प्रेम विवाह गरेका यी जोडीले आपसी सहमतीमा सम्बन्ध टुङ्ग्याउन लागेका हुन् ।
बाँनिया र क्षेत्रीले डिभोर्सका लागि विहिबार काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए । उनीहरुको निवेदन दर्ता भएको जिल्ला अदालत स्रोतले पुष्टि गरेको छ ।
करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका उनीहरुको एक छोरी छिन् । जेरी गोर्खाकी हुन् भने शंकर नेपालगञ्जका हुन् । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरुबीच गायनकै सिलसिलमा प्रेम बसेको थियो ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया