फेरि बेरूतको पोर्टमा ठूलो आगलागी

बिहिबार, भदौ २५, २०७७

एजेन्सी

फेरि बेरूतको पोर्टमा ठूलो आगलागी

लेबनानको राजधानी बेरूको पोर्टमा बिहीबार दिउँसो ठूलो आगलागि भएको छ। गत अगस्ट ४ मा बेरूतको पोर्टमा ठूलो बिस्फोट भएको थियो। उक्त बिस्फोटमा कम्तिमा २ सय जना मानिसले ज्यान गुमाएका थिए भने हजारौं घाइते भएका थिए।

उक्त बिस्फोटको घाउ नभलिँदै बेरूतमा बिहीबार आगलागी भएको हो। प्रारम्भिक विवरणहरू  के कारणले आगलागी भएको भन्ने खुलेको छैन तर आगलागीले बेरूतको आकाशमा धुँवाको ठूलो मुस्लो देखिएको छ।

लेबनानी सेनाले पोर्टको ड्युटी फ्री जोनामा रहेको तेल र टायर राखिएको एउटा वेयरहाउसबाट आगो लागेको जनाएको छ। आगो निभाउन सेनाले हेलिकप्टर परिचालन गरेको अलजजिरा टेलिभिजनले जनाएको छ।

स्थानीय टेलिभिजनका अनुसार आगलागी स्थलनजिकै कार्यालय भएका कम्पनीहरूले कर्मचारीलाई बाहिर निस्केर जान भनेका छन्। डराएका स्थानीयले झ्याल फोडेर एकअर्कालाई आगो लागेको चेतावनी दिएका छन्।

घटनाको विस्तृत विवरण आइसकेको छैन।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::