फेसबुकका केटासाथी भेट्न १६ वर्षीया नेपाली केटी एक्लै काठमाडौंबाट भारतको भोपाल पुगे

सोमवार, मंसिर १५, २०७७

फेसबुकका केटासाथी भेट्न १६ वर्षीया नेपाली केटी एक्लै काठमाडौंबाट भारतको भोपाल पुगे

केटीले फेसबुकमार्फत् केटासँग सम्पर्क बनाउँछिन् । केटी काठमाडौंकी र केटा भारतको मध्यप्रदेशस्थित सिहोरका । उनीहरुबीच दुईवर्षयताको सम्बन्ध निकै गाढा हुन्छ । मीठा मीठा कुरा हुन्छ । भेट्ने बाचा हुन्छन् ।

केटी केटालाई भेट्न आतुर हुन्छिन् । कोरोना भाइरसको महामारीका बीच उनी काठमाडौंबाट विमानमार्फत् भारत पुगिन् । त्यसपछि बसको यात्रामार्फत् विभिन्न शहरहुँदै शनिबार गन्तव्य पुगिन् । २० वर्षीय केटालाई भेटेपनि उनलाई भोपालको बालबालिका कल्याण कमिटीमा आइतबार पुर्याइयो ।

टाइम्स अफ इन्डियाका अनुसार आस्थाको मेडिकल स्टोरमा काम गर्ने केटाले नै प्रहरीलाई केटी पुगेको खबर गरेका थिए । उनको कोभिड १९ को परीक्षण समेत भएको र फिर्ता पठाउने पहल भएको जनाइएको छ । केटी र केटा दुवैको पहिचान खुलाइएको छैन ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::