“बगालेका गजलहरु” बिमोचन कार्यक्रम सम्पन्न

शनिबार, साउन २८, २०७४

राजु खनाल - रियाद

“बगालेका गजलहरु” बिमोचन कार्यक्रम सम्पन्न

बिश्व नेपाली साहित्य महासंघ , साउदी अरेबियाको आयोजनामा महासंघका सदस्य लाल बहादुर क्षेत्रीको एकल कृति सङ्ग्रह "बगालेका गजलहरु" बिमोचन कार्यक्रम सम्पन्न भएको छ । रियादको एक्जिट १८ मा भएको सो बिमोचन समारोहमा नेपाली दुताबासका श्रम सहचारी अम्बिका प्रसाद अधिकारीको .प्रमुख आथित्यता र प्रथम सचिब विजय कुमार राउतको विशिष्ट आथित्यता र महासंघका अध्यक्ष बालकृष्ण पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थित रहेको बिमोचन कार्यक्रममा दिप प्रज्वलन गरी प्रमुख अतिथि बाट पुस्तक बिमोचन गरिएको थियो । "बगालेका गजलहरु” का लेखक बगालेबाट आफ्नो कृतिका गजल बाचन गर्दा कार्यक्रमको रौनक बढेको थियो ।

साहित्य सगै संगीतलाई समेत अगी बढाउन सृजना सास्कृतिक समाज र अलमराई संगीत समुहले कार्यक्रमको सह आयोजना गरेका थिए । कार्यक्रममा बिभिन्न श्रष्टाहरुले आ आफ्नो प्रस्तुति कबिता, गजल, व्यंग्य प्रस्तुत गरेका थिए भने कलाकारहरुले गित गएर कार्यक्रमलाई थप मनोरंजन प्रदानगराएका थिए ।कार्यक्रमको संचालन निर बहादुर सुनारले र स्वागत मन्तब्य महासंघका महासचिब बिमल बजगाईले गरेका थिए ।

 

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::