बलिउडमा यी पाँच चलचित्र जस्ले अभिनेतालाई जिरोबाट हिरो बनाइदियो

सोमवार, जेष्ठ २६, २०७७

कुनैपनि कलाकारलाई बलिउडमा कदम राख्न नै निकै कसरत गर्नु पर्छ ।जसो तसो बलिउडमा डेव्यु गरेता पनि सफलता पाउन फलामको चिउरा चपाउनु जस्तै मान्ने गरिन्छ । बलिउडमा पनि बेलाबेला परिवारवादको नारा पनि चर्को रुपमा लाग्ने गर्छ ।तरपनि बलिउडका सफल कलाकारका छोरा छोरीले पनि सफलता पाउन निकै मेहनत गर्नुपर्ने देखिन्छ ।

आज हामी एउटै हिट सिनेमाले बलिउडमा थुप्रै कलाकारका करियर परिर्वतनको बारेमा चर्चा गर्नेछौँ ।जसलाई एउटै सिनेमा उनीहरुलाई रातारात स्टार कलाकारको रुपमा अभ्याएको छ ।

आजहामी ती सिनेमाको गर्नेछौँ, जसले बलिउडमा तारिफसँगै कलाकारको करियरलाई नयाँ उचाई दिए ।

उरी: द सर्जिकल स्ट्राइक :- बलिउड अभिनेता विक्की कौशललाई रातारात स्टार बनाउने श्रेय जान्छ उरी द सर्जिकल स्ट्राइकलाई ।यो भन्दा पहिले उनले सञ्जु, राजी लगायतका सिनेमामा काम गरिसकेका थिए ।तर, करिब २५ करोडको बजेटमा निर्माण भएको सिनेमा उरी उनको करियरको टर्निङ प्वाइन्ट बन्यो ।सिनेमाले समिक्षकको उत्कृष्ट प्रतिक्रियासँगै बक्सअफिसमा पनि उछाल ल्याएको थियो ।उरीले बक्सअफिसमा २४५ करोड भन्दा माथीको व्यापार गरेको छ ।यो सिनेमाबाट विक्कीले नेश्नल अवार्ड समेत हात पारेका थिए ।

कबीर सिंह :- ‘इश्क विश्क’बाट बलिउडमा डेव्यु गरेका अभिनेता हुन् शहिद कपुर ।उनलाई बलिउडमा शानदार अभिनय गर्न सक्ने अभिनेताको उपनामले चिन्ने गरिन्छ ।हरेक सिनेमामा उनले गरेको अभिनयले तारिफ पाउँछ ।तर, बक्सअफिसमा जहिल्यै शुन्य हात लाग्यो ।शहिद अभिनित सिनेमा ‘विवाह’ पश्चात उनले सफलताको स्वाद चाख्न पाएका थिएनन् ।यो वर्ष रिलिज सिनेमा ‘कबीर सिंह’ भने उनको करियरकै टर्निङ प्वाइन्ट बनेको छ ।सानो बजेटमा बनेको सिनेमाले बक्सअफिसमा २८५ करोडको व्यापार गरेको छ ।

अंधाधुन :- बलिउड अभिनेता आयुष्मान खुरानालाई पछिल्लो समय बक्सअफिस किंगको उपनामले चिन्न थालिएको छ ।उनले अभिनय गरेका हरेक सिनेमाले बक्सअफिसमा उछाल ल्याएका छन् ।तरपनि आयुष्मानलाई बलिउडमा भर्सटाइल अभिनेताको रुपमा चिनाउने सिनेमाको रुपमा ‘अंधाधुन’लाई लिने गरिन्छ ।यो सिनेमाले भारतसँगै विश्वका थुप्रै देशमा रेकर्ड ब्रेक व्यापार गरेको छ ।‘बधाई हो’, ‘अंधाधुन’ लगायतका सिनेमाले आयुष्मानलाई नेश्नल अवार्ड समेत दिलाएका थिए ।

कहो ना प्यार है :- अभिनेता ऋतिक रोशनको लागी वर्ष २०१९ उत्कृष्ट सावित भएको छ ।उनले अभिनय गरेका दुई सिनेमा ‘सुपर ३०’ र ‘वार’ले बक्सअफिसमा धमकेदार व्यापार गरेका थिए ।तर ऋतिकका लागी करियरको टर्निङ प्वाइन्टको रुपमा ‘कहो ना प्यार है’लाई लिने गरिन्छ ।यो उनको डेव्यु सिनेमा हो ।पहिलो सिनेमाबाटै ऋतिक फ्यानको धड्कनमा बस्न सफल भएका थिए ।

सञ्जु :- संजय लिला भंसालीको निर्देशनमा निर्माण भएको सिनेमा ‘सावरिया’बाट बलिउडमा डेव्यु गरेका रणवीर कपुरलाई पछिल्लो रिलिज सिनेमा ‘सञ्जु’ले भर्सटाइल अभिनेताको रुपमा स्थापित गरेको हो ।उनले पहिले नै बर्फि, ये जवानी हे दिवानी, रकस्टार, ‘ए दिल है मुस्किल’लगायतका सुपरहिट सिनेमामा कामग गरिसकेका थिए ।तर, पछिल्लो समय उनको खस्किँदो करियरलाई पुन उचाईमा पुर्याउने काम भने राजकुमार हिरानीको सिनेमा ‘सञ्जु’ले गरेको थियो ।यो सिनेमा पश्चात रणवीरको हातमा थुप्रै बिग बजेट सिनेमा परेका छन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::