बहराइनको राजपरिवारका सदस्य सहितको टोलीले गरे मनास्लु आरोहण

बिहिबार, अशोज २९, २०७७

बहराइनको राजपरिवारका सदस्य सहितको टोलीले गरे मनास्लु आरोहण

बहराइनको राजपरिवारका एक सदस्य सहितको टोलीले मनास्लु हिमालको सफलता पूर्वक आरोहण गरेको छ ।

उक्त टोलीले आज बिहान ६ बजेर १० मिनेटमा ८ हजार १ सय ५६ मिटर अग्लो मनास्लु सफलतापूर्वक आरोहण गरेको हो । बहराइन स्थित नेपाली दुतावासले एक विज्ञप्ति जारी गर्दै उक्त टोलीलाई बधाई दिएको छ ।

उक्त टोली लोबुचे र मनास्लु हिमाल आरोहणको उदेश्य सहित गत १६ सेप्टेम्बर २०२० का दिन बहराइनबाट नेपाल प्रस्थान गरेको थियो । लकडाउनपछि यो सिजनमा हिमाल आरोहण गर्ने पहिलो उक्त टोलीले गत ३ अक्टोबर २०२० का दिन ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल समेत सफलतापूर्वक आरोहण गरिसकेको थियो । सोहि टोलीले आगामी बसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने पूर्व तयारी गर्नेछ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::