बाथ रोग:सुरुवाती अवस्थामै आवश्यक उपचार गरिहाल्नु अत्यन्त बुद्धिमानी

सोमवार, असार ७, २०७८

बाथ रोग:सुरुवाती अवस्थामै आवश्यक उपचार गरिहाल्नु अत्यन्त बुद्धिमानी

शरिरमा रोग निरोधक शक्तिले आफनै शरिरका अंगलाइ असर गरेर बाथ रोग लाग्नेगर्छ । सामान्यतया बाथ रोगले शरीरका जोर्नी र यस वरपरका संरचनाहरु दुख्ने, सुन्निने र अररो भइ राम्ररी चलमलाउन नसक्ने हुन्छ । जोर्नी र जिउ दुख्ने समस्याको एक प्रमुख कारण भनेकै बाथरोग हो । बाथरोग १ सय भन्दा बढी प्रकारका हुन्छन् । जसमध्ये मुख्यतया  आरथ्राइटिस ( आम बाथ), ओस्टीयो आरथ्राईटिस ( जोर्नी खिइने बाथ ), युरिक एसिडको बाथ ( गाउट ) स्पोण्डीलो आरथ्राईटिस ( ढाडको बाथ), युमारिक फिबर ( मुटुजन्य बाथज्वरो ) र लुपस ( एस.एल.इ.) भास्कुलाइटीस (नशाको बाथ) केटाकेटीमा हुने बाथ (झुबेनाइल आरथ्राइसिस) आदि मुख्य रुपमा देखिने बाथ हुन् ।

पछिल्ला बर्षहरुमा बाथरोग मुटु रोग, मधुमेह, थाइराड जस्तै विकराल एवं जटिल समस्याको रुपमा देखा परेको छ । खासगरी अप्राकृतिक जिवनशैली, श्रम गर्ने संस्कारको कमी र भद्धा भोजन अनि वंशानुगत गुणका आदिका कारण हालका बर्षहरुमा नेपालमा बाथ रोगीहरुको सङख्या बढदै गइरहेको अनुभव छ । सुरुमा बाथ रोगले त्यति कष्टप्रदायक नभएपनि विस्तारै यसले च्याप्दै गएपछी धेरै दुख दिने गर्दछ । बाथ रोगीहरुले सुरुवाती अवस्थामै आवश्यक उपचार गरिहाल्नु अत्यन्त बुद्धिमानी हुन्छ । अन्यथा यसको असर बहुआयामिक हुनसक्छ ।नेपालमा बाथ रोगीहरुको सङख्या यकिन नभएपनि जनसङख्याको १५ देखि २० प्रतिशत मानिस यसबाट पिडित भएको हुनसक्ने यस क्षेत्रकावीज्ञहरुको अनुमान छ । कतिपय वैज्ञानिक अनुसन्धानहरुले बाथरोग वंशाणुगत प्रभावमा धेरै जस्तो देखिने देखाएको छ । अध्ययनहरुले प्रत्येक १ सयमा १ जना व्यक्ति बाथ रोगबाट पिडित देखिने जनाएको छ ।

बाथ रोग पहिला–पहिला पनि हुन्थो तर राम्रो खालको डाइग्नोसिस नभएको कारण मान्छेलाई थाहा हुदैनथ्योे । पहिला पहिला अन्य पद्धतीहरु जस्तो आर्युवेदिक, होमियोपेथिक भन्ने विधिहरुबाट उपचार प्रयास हुन्थ्थे । अहिले चाँही एलोपेथिकमा उपचार सुरु भएको कारणले उपचार सहज भएको छ । पहिले पहिले बाथ रोगका कारण मान्छे अपाङग हुने, शरीरका अंगहरु ड्यामेज हुने हुन्थे तर अहिले सुरुवाती अवस्था देखि नै उपचार हुने कारण खतरा कम हुदै गएको छ ।

बाथ रोग कसलाई र कुन अवस्थामा लाग्छ ?

ब्लडप्रेशर घटबढ हुने कारण बाथरोगले प्राय जाडोमा बढी असर पु¥याउने गर्छ । बाथ रोग किटानुकै कारण हुने रोग भने होइन । तर यो बढी जाडो यामबाट सुरु हुन्छ । यो रोग ब्लडपेशर, मधुमेह भएको मान्छेहरुमा धेरै देखिन्छन । जस्तो की युरिक एसिड रोग चाँही जसलाइ उच्च रक्तचाप छ, जसको मोटापन धेरै छ त्यस्तोहरुमा यो रोग धेरै देखिने गर्छ । यसरी अरु रोग र बाथ रोगमा अन्र्तरसम्बन्ध रहने गर्दछ ।

बाथ रोग उपचार नगरे स्लो पोइजन सरह हुन्छ । जस्तो हृदयघात तथा पक्ष्यघात हुदाँ मान्छे आजको भोली मर्ने सम्भावना हुन्छ । तर बाथ रोगमा आजको भोली नै मान्छे मरिहाल्ने हुदैन । तर छिटै उपचार नगरे यसले मान्छेलाई अपाङग बनाउने गर्छ ।

बाथ रोगमा उपचार पद्धती

बाथ रोगको उपचारहरुमा फिजियोथरापी गर्ने ,हाइड्रोथरापी गर्ने, मसाजहरु गर्ने धेरै पद्धतीहरु देखा परेका छन । यो एउटा फाराकिलो उपचार पद्धतीमा जानुपर्ने रोग हो । तर नेपालका कुनै पनि हस्पिटलहरुमा फुलफेल्जमा बाथ रोगको उपचार विभाग नबनाइएको तितो यर्थात हामी माझ छ । भलै गोसाइकुण्ड बाथ रोग केन्द्रले बाथ रोगीहरुको संघन उपचारकै लागि भनेर जुन एउटा सह्रानिय कदम चालेको छ । त्यसको प्रसंशा गर्न सकिन्छ ।

युमटोइड आरथ्राइटिस ( आम बाथ )

आम वाथ सबै खालका उमेर समुहका मानिसहरुमा देखिन सक्ने र लामो समयसम्म रहीरहने कडा बाथ हो । यो पुरुषको दाँजोमा महिलामा बढी देखिने गर्छ । सुरुको अवस्थामा आम बाथ हुनेहरुको हात गोडाका जोर्नीहरु दुख्ने, सुनिने र अररो हुने आदि हुन्छ । रोग छिप्पिदै जाँदा हातगोडाका जोनीहरु जम हुने, बाँगिने र काम नलाग्ने हुन्छन् । समयमै यसको उपचार नभए यो बाथले शरिरका भित्रि अगंहरुमा असर उने हुन्छ ।

डाढको बाथ ( एन्काइलाजिन इस्पोन्डीलाइटीस )

ढाडको बाथ ढाडमा सुजन भएर हुने एक दीर्घ रोग हो । यसले फिला भित्रको जोर्नी, तल्लो ढाड, गर्दन तथा कहिले काँही गर्दन नितम्ब, कुम र हातगोडाका ठुला जोर्नीहरुमा असर गर्दछ । अन्य खालका ढाड दुखाइ भन्दा यसको फरक खालको विशेषता हुन्छ । जस्तो कि ४० बर्ष अगावै सुरु हुन्छ र यो पुरुषहरुमा भन्दा महिलामा बढी देखिन्छ । धुमपान गर्ने व्यक्तिमा यसले कडा रुपमा संक्रमण गर्ने गर्दछ । बाथ रोग कडा भएको खण्डमा मन्द ज्वरो आउने, रगत कम हुने, हातगोडामा गिर्खा देखिने, आँखा रातो हुने तथा दुख्ने र मुटु फोक्सो लगायत शरिरका अन्य अंगहरुमा सुजन हुने हुन्छ । ढाडको बाथ देखिनुमा मानिसको वंशाणु, विभिन्न संक्रमणहरु र आन्द«ाको सुजन र सोरियासिस भन्ने छालाको रोगको मुख्य भुमिका रहने गर्दछ । ढाडको बाथमा विभिन्न उपचार पद्धतीको प्रयोग हुने गरेको छ । जस्तो शारीरिक ब्यायाम, सुजन कम गर्ने औषधीहरु र बाथका अन्य औषधीहरु प्रयोग गरिन्छन् । साथै रोगको अवस्था हेरी कसैकसैमा ढाड तथा हाडजोर्नीको शल्य चिकित्साको पनि आवश्यकता पर्दछ ।

जोर्नी खिइने बाथ ( ओस्टीयो आरथ्राईसटिस )

जोर्नी खिइने बाथ आम मानिसमा देखिने अर्को मुख्य बाथ हो । यस्तो बाथमा जोर्नीमा रहेको मुख्य हाडहरुको छेउलाई ढाक्ने कुरकुरे हाड विभिन्न कारणले गर्दा खिइदै जान्छ । अन्तमा पूण रुपले नष्ट समेत हुन्छ । यस्तो बाथ बढ्दो उमेरको प्रभाव, बशांणुगत गुण, मोटोपना र पेशा विशेषले असर पु¥याएको हुन्छ । यस्तो बाथ रोगीहरुले धेरै दिनसम्म जोर्नी नचलाइ बस्दा जोर्नी जाम हुनसक्ने हुन्छ । त्यसकारण एक दुइ दिन आरामपछी चलाउन सुरु गर्नुपर्छ । साथै आवश्यक उपचारहरु गराईहाल्नु पर्छ ।

युरिक एसिडको बाथ (गाउट )

पछिल्ला बर्षहरुमा युरिक यसिडको बाथ पनि धेरै मानिसमा देखा पर्ने गरेको छ । युरिक एसिड हाम्रो शरिरमा देखिने एक प्रकारको विकारयुक्त पदार्थ हो । जुन खानामा पाइने एक किसिमको रशायन तथा शरिरका पुराना र नष्ट हुन थालेका कोषहरुमा रहेको न्युक्लिक एसिडबाट युरिक एसिड बन्दछ । युरिक एसिड जोर्नीमा जम्न थालेपछी यसको प्रभाव स्वरुप बाथ रोग लाग्दछ । यसको पनि समयमै उपचार हुनु पर्दछ ।

लुपस

अर्को बाथ रोग लुपस हो । यो महिलाहरुमा धेरैजसो देखिने । यस्तो खालको बाथ रोगले छाला, मासपेशी, मृगौला, रगत स्नायु र फाक्सो आदिमा असर गर्छ । शरिरमा रोग विरुद्ध लडने क्षमता कम भएपछी यस्तो बाथ उत्पन्न हुने दिपा वताउँछिन । जसको तत्काल उपचार गरिनुपर्छ ।

बाथ रोगका मुख्य लक्ष्यणहरु :

१.हातगोडाका औंलाहरु दुख्ने, सुन्निने ।

२.विहान उठने बेलामा हात गोडा दुख्ने, अर्रो र कक्रक्क हुने ।

३.गोडाका बुढी औंला, गोली गाँठा र अन्य जोर्नीहरु टन्किएर दुख्ने, सुन्निने

४.हड्डी खिइएको,घुँडा दुख्ने र सुन्निने ।

५.ढाड ,कम्बर दुख्ने ,जिउ गल्ने, धेरै थकान लाग्ने ।

६.पिडौला, कुर्कुच्चा र पैताला पोल्ने, कटकट खाने तथा नशा झमझम गर्ने ।

७.छालामा घाउ खटिरा आउने, निला निला डाम देखा पर्ने ।

८.पानीमा काम गर्दा छालाको रङ परिवर्तन हुने ।

बाथ रोगमा खानपान ः

धेरैजसो बाथरोगमा चिसो, अमिलो, खाँदेको पुरानो अचार बाहेक खाना बार्न आवश्यक हुदैन । तर युरिक एसिड बाथमा खुट्टाको बुढी औंला रातो भएर दुख्ने, सुन्निने हुन्छ । यो बाथरोगमा बार्नुपर्ने युरिनयुक्त खाना जस्तै रातो मासु, समुन्द्री खाधान्य, रक्सी तथा वियर, कोल्ड ड्रिंक्स, टोफु, भटमास, जंकफुड, कुरीलो, च्याउ अचार, तामा, पालुङ्गो, काउली आदि युरिक यसिडलाई बढाइदिन्छ । त्यसैले युरिक यसिड भएका विरामीले यी खानेकुरा सकेसम्म बार्नुपर्छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::