बायर्न म्युनिखका लेवान्डोस्कीले मेस्सीलाई पछि पार्दै  जिते फिफा बर्ष अवार्ड

बुधबार, माघ ५, २०७८

बायर्न म्युनिखका लेवान्डोस्कीले मेस्सीलाई पछि पार्दै  जिते फिफा बर्ष अवार्ड

जर्मन क्लब बायर्न म्युनिखका स्टार खेलाडी  लेवान्डोस्कीले फिफा  बर्ष अवार्ड जितेका छन।लगातार दोश्रो बर्ष उनले उपाधी जितेका हुन ।

सोमबार राति स्वीट्जरल्यान्डको जुरिचमा भएको अवार्ड समारोहमा फ्रान्सेली क्लबपिएसजीका मेस्सी र लिभरपुलका सलाहलाई पछि पार्दै लगातार दोस्रो वर्ष अवार्ड जितेका हुन् । उनले समग्रमा ४८ अंक प्राप्त गरे । मेस्सीले ४४ तथा सलाहले ३९ अंक प्राप्त गरे । उनी सन् २०१६ पछि लगातार अवार्ड जित्ने दोस्रो खेलाडी बने । यसअघि रोनाल्डोले सन् २०१६ र २०१७ मा लगातार अवार्ड जित्न सफल भएका थिए ।

महिलातर्फ बार्सिलोनाकी स्पेनिस मिडफिल्डर एलेक्सिया पुतेलासले उपाधि जित्दा अष्ट्रेलियन साम केर दोस्रो तथा बार्सिलोनाकै जेनी हर्मोसो तेस्रो भए ।

प्रशिक्षकमा पुरुषतर्फ चेल्सी प्रशिक्षक थोमस टुचेलले उपाधि जित्दा चेल्सीकै महिला टोलीकी प्रशिक्षक एम्मा हेयसले उपाधि जितिन् । इटालीका रोबर्टो मान्सिनी र म्यानचेस्टर सिटीका पेप गुआर्डीओला शीर्ष तीनमा परे । महिलातर्फ बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस कोर्तेस र नेदरल्यान्ड्सकी सारिना विग्मनले शीर्ष तीनमा स्थान बनाए ।

पुरुष गोलरक्षक तर्फ चेल्सीका एडुआर्ड मेन्डीले इटालीका जियानलुइजी डोनारुम्मा र जर्मनीका म्यानुएल नोएरलै पछि पारे । त्यस्तै महिलातर्फ चिलीकी क्रिस्टियन एन्डलरले क्यानाडाकी स्टेफनी म्यारी लाबे र जर्मन एन क्याटरिन बर्गरलाई पछी पारिन् ।

अवार्ड विजेताहरु

दि बेस्ट फिफा पुरुष खेलाडी – रोबर्ट लेवान्डोस्की

दि बेस्ट फिफा महिला खेलाडी – एलेक्सा पुटेलास

फिफा फ्यान अवार्ड – डेनमार्क र फिनल्यान्डका समर्थक

दि बेस्ट फिफा पुरुष प्रशिक्षक – थोमस टुचेल

दि बेस्ट फिफा महिला प्रशिक्षक – इमा हाएस

फिफा फेयर प्ले अवार्ड – डेनमार्क राष्ट्रिय टोली र स्टाफ

फिफा दि बेस्ट पुरुष गोलरक्षक – इडुआर्ड मेन्डी

फिफा दि बेस्ट महिला गोलरक्षक – क्रिस्टिएन इन्डलेर

फिफा बेस्ट स्पेशल अवार्ड – क्रिस्टिन सिन्क्लेर

फिफा बेस्ट स्पेशल अवार्ड – क्रिस्टियानो रोनाल्डो

फिफा फिपप्रो पुरुष टोली – डोन्नररुम्मा, डियास, बोनुची, अलाबा, जर्गिन्हो, कान्टे, केभिन डि ब्रुएन, रोनाल्डो, हालान्ड, लेवान्डोस्की र मेस्सी

फिफा फिपप्रो महिला टोली – क्रिस्टिएन, लुसी, वेन्डी, मिले ब्राइट, माग्डालेना, इस्टाफानिया, कार्ली, बार्बरा, भिएिनी, मार्टा र एलेक्स मोर्गान

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::