बिदामा नेपाल आएका श्रमिकहरु विदेश फर्कदा के के कुरा मा ध्यान पुर्याउने ??

बिहिबार, साउन १५, २०७७

बिदामा नेपाल आएका श्रमिकहरु विदेश फर्कदा के के कुरा मा ध्यान पुर्याउने ??

कोभिड-१९ महामारीको कारण विदेशबा अलपत्र नेपाली नागरिकहरु चार्टर उडान मार्फत फर्कीरहेका बेला स्वदेश मा बिदामा आइ विदेश फर्कन चाहने युवा बर्ग अनि छटपटाई रहेका छन्। यति खेर सरकार ले बैदेशिक रोजगारीमा जाने पनि खुल्ला गरेको अवस्था छ भने श्रम स्विकृती नबिकरण गर्नु पर्नेहरुलाई श्रम स्विकृती नबिकरण पनि जारी राखेको छ।

विदेश स्थित रोजगारदाता मुलुकले पनि बिदेशी नागरिकहरु लाई काममा फर्कन अनुमति दिने क्रम शुरु भएको छ। सोहि क्रम मा केहि देश ले अन्तर्राष्ट्रिय उडान शुरु गरि सकेका छन् भने केहि देश ले अगस्त १ तारिक देखि उडान शुरु गर्दैछन।नेपाल ले अगस्ट १६ तारिख पछी मात्र अन्तर्राष्ट्रिय उडान सुरु गर्ने घोषणा गरेको छ ।यस्तो परिश्तितीमा उद्दार बाहेकका सम्पूर्ण उडानहरु बन्द रहेको ले पुन:श्रम स्विकृति लिएकाहरु कसरि विदेश जान्छन ? भन्ने प्रश्न धेरैको मन मा रहेको देखिन्छ।

पुन: श्रम स्विकृती पाएका श्रमिकहरु नियमित उडान नखुल्दा सम्म चार्टर उडानमा जानुको बिकल्प छैन

बिदामा नेपाल आई विदेश फर्कनु पर्ने युवाहरु ले आफै नयाँ टिकट जानु पर्ने हुन्छ ।आफु काम गर्ने जाने सम्बन्धित देशको  बिदेशी कामदार भित्र्याउने तथा स्वास्थ सम्बन्धि प्रोटोकलको पालना स्वयम् ले गर्नु पर्ने हुन्छ भने स्वास्थ सम्बन्धी अन्तर्राष्ट्रिय मान्यताको अनुसरण गरेको हुनु पर्दछ।। छुट्टीमा आएको बखत लामो बसाई हुन् गइ भिषा सकिएका कामदारहरु ले अनलाईन भिषा बाहेक पुन: स्विकृती लिएर विदेश जानेहरु ले विदेश जानु अघि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा मा अनिबार्य कोरोना संक्रमण नभएको रिपोर्ट पेस गर्नु पर्ने हुन्छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::