बिदेश बाट फर्केका को सिप को सहि उपयोग देश बिकासको मियो हुनसक्छ

बुधबार, असार ३१, २०७७

श्री कृष्ण श्रेष्ठ 'धौबजी'

बिदेश बाट फर्केका को सिप को सहि उपयोग देश बिकासको मियो हुनसक्छ

नेपालीहरु को विदेश यात्रा को ईतिहास हेर्दा लाहुर जाने परम्परा संग जोडेर हेर्न सकिन्छ। नेपालीहरु रोजगारी,बन्द ब्यापार को लागी छिमेकी मुलुक भारत,तिब्बत,भुटान  देखि बर्मा सम्म पुगेको देखिन्छ ।अझै पनि ति मुलुकहरु मा नेपालीहरु को बसोबास रहेको देख्न सकिन्छ।यावतक्रम ले  नेपाल बाट तेश्रो मुलुकहरु मा अध्ययनको लागी पुगेका देखिन्छ जुन पछी स्थाई बसोबास मा रुपान्तरण हुदै गएको देखिन्छ।

बैदेशिक रोजगारीको मुख्य गन्तब्य मुलुकको रुप मा रहेको खाडी मुलुकहरु र  मलेसियामा रोजगारीको लागि नेपालीहरु कहिले देखि पुगे भन्ने नियाल्दा आस्सीको को दशक देखि फाट्टफुट्ट रुप मा जान थालेको देखिन्छ। नब्बे को दशक नेपालमा ३० बर्षे पंचायती ब्यबस्था ढलेर बहुदलीय ब्यबस्था आएको थियो। बहुदलीय ब्यबस्था लागु भए संगै नेपाल मा भित्रिएको उदारीकरण,खुल्ला ब्यबस्थाको कारण विदेशजाने को संख्या मा बढोतरी भएको थियो अझ २०५२ साल देखि सुरु भएको मावोबादी जनयुद्द को कारण ले पलायन कै शैलीमा मा नै नेपालीहरु विदेशजाने त्यो पनि मुख्य:त् खाडीमुलुकहरु मा जाने क्रम ले तिब्रता पाएको देखिन्छ। मलेसिया ले समेत बिकासको पथ समाते पछी त्यहाँ बाट पनि नेपालीहरु को उल्लेख्य माग भएको देखिन्छ। मावोबादी द्वन्द ले बढाएको खाडी मुलुक जाने ट्रेन्ड नेपालमा २०६३,२०७२ मा भएको राजनैतिक परिबर्तन पछी पनि निरन्तर रुपमा बढ्दै गएको देखिन्छ।

नेपालमा भएको राजनैतिक परिवर्तनहरु विश्व कै लागी उदाहरणीय मानिन्छ यधपी जनजीविकाको बिकासको सवालमा नेपाल ले प्रगति गर्न सकेको देखिन्न। विश्व मा बिभिन्न मुलुकहरु को ईतिहास हेर्दा बैदेशिक रोजगारी लाई बिकासको खुडकिलो को रुप मा लिई त्यसरी आउने आम्दानिलाई बिकासको आधारको रुप लिई हाल बिकसित मुलुकको रुपमा रहेको देखिन्छ।

नेपाल बाट १२२ भन्दा बढी मुलुकमा बैधानिक श्रम स्वीकृति लिई ५० लाख भन्दा बढी बैदेशिक रोजगारीको लागि गएको सरकारी तथ्यांक ले देखाउछ। नेपाल को मुख्य श्रम गन्तब्य खाडीका मुलुकहरु लगायत मलेसिया साथै दक्षिण कोरिया मुख्य: रुपमा देखिन्छ।नेपाल को अर्थतन्त्रमा १/४ खण्ड योगदान बैदेशिक रोजगारीमा गएका ले प्रबाह गर्ने विप्रेषण को रहेको छ।

कोरोना भाइरस(कोबिड-१९) को कारण ले विश्वभर देखिएको आर्थिक दुरावस्थाको कारण ले लाखौ नेपालीहरु को रोजगारी मा समस्या देखिएको छ। कोरोना कहरका बीच हजारौ नेपालीहरु ले रोजगारी गुमाएको छन् ।नेपाल सरकार ले गरेको अध्ययन अनुसार ४ लाख भन्दा बढी नेपालीहरु तत्काल फर्काउनु पर्ने मा रहेको देखिन्छ भने दसौ लाख नेपालीहरु निकट भबिष्यमा फर्कन सक्ने देखाउछ।यसबीच मा  कोरोना भाइरस को कारण ले विदेश मा समस्यामा परेका २६ हजार भन्दा बढी नेपालीहरु आफ्नै खर्च मा सरकारी उद्दार मार्फत  फर्किसकेका छन र अझै आउने प्रतिक्षा मा रहेका छन् ।

बैदेशिक रोजगारी मा दोश्रो पुस्ता खटिदै र तेश्रो पुस्ता जान तम्तयार भएर बसेको अहिले को अवस्थामा नेपाल मा नै शिप,प्रबिधि को बिकास नगरी समग्र बिकास हुन् नसक्ने तथ्य लाई क्रमश: नेपाली समाज ले स्वीकार गर्दै गएको देखिन्छ यधपी नेपालमा यथोचित रोजगारीको अवसर सृजना हुन् नसक्दा विदेश जानेको लर्को मा कमि नहुने देखिन्छ।

अन्त्यमा,

कोरोना भाईरस को कारण ले नेपालको अनेकन क्षेत्रमा गहिरो प्रभाब पार्ने देखिन्छ जसमध्ये बैदेशिक रोजगारी समेत पर्दछ।नेपाल मा  चार महिनाको बन्दाबन्दि पश्चात बिस्तारै आर्थिक गतिबिधि ले गति पक्दिदै गएको त देखिन्छ भने बिश्वभर माहामारी बाट सृजित विषम परिस्थिति संग लड्दै तंग्रिन प्रयासरत रहेको देखिन्छ।नेपाल को रोजगारीको प्रमुख गन्तब्य मुलुकहरु मुख्यत् खाडी मुलुकहरुमा कोरोनाको पछिल्लो अवस्था मुल्यांकन गर्दा   बै.रो क्षेत्र ले सजिलै गति लिन सक्ने अझै समय लाग्ने देखिन्छ  ।कोरोना को असर बिश्वभर परेको कारण ले बिश्वभर रोजगारीमा कालो बादल मडारिरहेको देखिन्छ। नेपाल फर्किन लागेकाहरु को लर्को देख्दा अहिले मुख्य:त त्यसरी फर्कने को ब्यबस्थापन चुनौतीको रुपमा अगाढी आएको देखिन्छ

बैदेशिक रोजगारी बाट बिबिध कारण ले नेपाल फर्कनेहरु लाई नेपाल मा नै समुचित रोजगारी को ब्यबस्था गरि पुन: विदेश नै फर्कने बाताबरण बन्न नदिने,कुनै न कुनै रुप मा तिनीहरु ले सिकेका सिपको स्वदेश मा उपयोग गरि समग्र मुलुकको बिकास मा भूमिका निभाउन मौका दिन सके समग्र मुलुक नै लाभ्वान्वित हुन् सक्ने देखिन्छ।जिम्मेवार र अग्रगामी सोच भएका ले समस्या मा पनि अबशर  सोचे सरि विदेश बाट फर्केका को शिपको उपयोग गर्ने सोच ल्याउनु पर्ने अहिले को मुख्य पाटो हो।

सैदान्तिक कुरा छोडेर ब्यबहारिक पाटो मा नियाल्दा विदेश बाट फर्किनेहरु को समाज मा नै  अन्तरघुलन हुन् गाहारो देखिने साथै सहि दिशानिर्देश र समुचित रोजगारीको प्रबन्ध नहुँदा पुन: रोजगारी को लागि विदेश तिरै आँखा लगाउन बाध्य हुने दुखद: परिस्थिति यत्रतत्र देख्न सकिन्छ।यस्तो अवस्था आउन नदिन स्पस्ट योजना र कार्यान्वयन तहमा समेत इमान्दारिता देखिनु पर्छ साथै व्यक्ति स्वयम् मा पनि जिम्मेवार भई  एक दिन आफ्नो मुलुक फर्कने पर्ने यथार्थ लाई ममन गरि सोहि अनुसार को सोच र लगानीको अवसर को खोजी गर्न प्रोत्शाहन को बातावरण बनाउनु सबैको हिताय हुन्छ..अन्यथा पुस्तान्तरण को क्रम यावत रुपमा याने प्रथम..दोश्रो हुदै तेश्रो....

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::