बिधुतिय राहदानी (E-Passport) आवेदन सम्बन्धी जानकारी

बुधबार, असार १, २०७९

बिधुतिय राहदानी (E-Passport) आवेदन सम्बन्धी जानकारी

राहदानी नविकरण गर्न दूतावासमा आउँदा साथमा ल्याउनुपर्ने कागजात १. राहदानी सक्कल

२. राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को छुट्टा छुट्टै फोटोकपि

३. नागरिकताको अगाडिको भाग र पछाडिको भागको छुट्टा छुट्टै फोटोकपि

४. बारकोड सहितको प्रि-इनरोल फाराम (बारकोड सहितको अनलाइन फाराम) को प्रिन्ट

५. हराएको वा जलेको वा कुनै कारण बिग्रिएको राहदानी नविकरण गर्नुपर्ने भएमा प्रहरीको रिपोर्ट । यदि प्रहरी रिपोर्ट ल्याउन सम्भव छैन भने सम्बन्धित कम्पनीले राजदूतावासलाई आफ्नो कामदारको राहदानी नविकरण गरिदिनको लागि लेखेको अनुरोध पत्र (अंग्रेजीमा)

प्रि-इनरोलमेन्ट गर्ने लिंक: https://emrtds.nepalpassport.gov.np

राहदानी दस्तुर १. नियमित नविकरणको लागि साउदी रियाल २००।- साउदी रियाल

२. हराएको वा जलेको वा बिग्रिएको राहदानी नविकरणको लागि साउदी रियाल- ४००।- विद्युतीय राहदानी आवेदनका लागि अनलाइन फाराम भर्ने (प्रि-इनरोलमेन्ट गर्ने) तरीका

१) राहदानी विभागको वेबसाइटमा गएर वा सोझै https://emrtds.nepalpassport.gov.np लिंकमा क्लिक गरी देहायमध्ये एक आवेदनको प्रकार छान्ने ।

•पहिलो पटक राहदानी लिन: नेपाली बाबु आमाका साउदी अरबमा जन्मेका सन्तानको हकमा (New)

•म्याद सकिएको राहदानी नवीकरण: पुरानो MRP/हस्तलिखित हुनेहरुले नवीकरण (Renewal)

•हराएको/चोरिएको राहदानीको सट्टामा: हालको राहदानी हराएमा/चोरिएमा(Lost/Stolen)

•बिग्रेको राहदनीको सट्टामा: हालको राहदानी विभिन्न कारणले बिग्रिएमा (Damaged) त्यसपछि Ordinary 34 pages अप्सनमा क्लिक गर्ने ।

२) राहदानीको अनलाइन फाराममा भएका निम्न उप-शीर्षकमा रहेका विवरणहरु भर्ने ।

• जनसांख्यीक जानकारी

• नागरिकता सम्बन्धी जानकारी

• आवेदकको सम्पर्क विवरण

• जरूरी परेमा सम्पर्क गर्ने विवरण

• हालको राहदानी सम्बन्धी जानकारी - साउदी अरबबाट आवेदन गर्ने आवेदकका लागि राष्ट्रिय परिचयपत्र नं आवश्यक नपर्ने ।

३) File attachment अन्तर्गत .jepg Format मा निम्न बमोजिम कागजात upload गर्नुहोला

• नागरिकता प्रमाणपत्रको दुवै पृष्ठ

• हालको राहदानीको फ्रन्ट पेज (फोटो तथा व्यक्तिगत विवरण भएको पेज) र ब्याक पेज (पेज ३१) छुट्टाछुट्टै ।

•१६ वर्षमुनिका नेपाली बालबालिकाको हकमा: नाबालक परिचयपत्र, बुबा आमाको नागरिकताको प्रमाणपत्र र बुबा आमाको विवाह दर्ताको प्रमाणपत्र

•साउदीमा जन्मेको बालबालिकाको हकमा यहाँबाट जारी जन्मदर्ताको प्रमाणपत्रको सक्कल र अंग्रेजी अनुवाद (अंग्रेजी अनुवाद गरिएको प्रति अनिवार्यरूपमा साउदी परराष्ट्र मन्त्रालयबाट प्रमाणित भएको हुनुपर्ने) उल्लेखित कागजातका प्रतिहरु लाईभ इनरोलमेन्ट गर्न आउँदा साथमा लिएर राजदूतावास आउनुहोला ।

४) Book Your Appointment मा प्रवेश गरेर Other अप्सन क्लिक गरी NE, Riyadh अप्सन छानेर आफूलाई उपयुक्त हुने वा उपलब्ध हुने समय बुकिंग गर्ने ।

५) अन्तिममा फाराम submit गर्ने र त्यसपछि प्राप्त हुने बारकोडसहितको फाराम डाउनलोड गरी प्रिन्ट गर्ने । राजदूतावासमा आवेदनका लागि आउँदा यो बारकोडसहितको फाराम अनिवार्य साथमा लिएर आउनुपर्नेछ । साथै, दूतावासमा विद्युतीय राहदानीका लागि आवेदन दिन आउँदा देहायको विवरण अनिवार्यरूपमा लिएर आउनु होला

•आफ्नो महानगरपालिका वा उप-महानगरपालिका वा नगरपालिका वा गाउँपालिकाको नाम र वडा नं.

•बुबा आमा र विवाहितको हकमा श्रीमान्/श्रीमतीको नाम र सम्पर्क नं.

विद्युतीय राहदानीका बारेमा थप जानकारी को लागी राहदानी बिभागको वेबसाईट https://nepalpassport.gov.np हेर्न सकिने छ  ।

विद्युतीय राहदानीको आवेदनका लागि प्रि-इनरोलमेन्ट फाराम भरिसकेपछि राजदूतावासमा लाइभ इनरोलमेन्टको लागि आँउदा तोकिएको मिति र समयमा जानु पर्ने छ ।

राहदानी नविकरणको लागि राजदूतावास मा जानु पर्ने छ हाल लाई रियाद बाहेक अन्य स्थान मा राहदानी शिबिर नराखिएको दुताबास ले जनाएको छ  ।

प्रि-इनरोलमेन्ट गर्ने लिंक: https://emrtds.nepalpassport.gov.np

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::