बिमानको झ्यालको सिसा फोडी निस्कन सफल सोनाम शाक्य,सामान्य चोटपटक

सोमवार, फाल्गुन २८, २०७४

NA Media

बिमानको झ्यालको सिसा फोडी निस्कन सफल सोनाम शाक्य,सामान्य चोटपटक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त युएस-बांग्ला एयरलाईन्स को बिमानमा सवार ७१ जना यात्रीहरु मध्ये हाल सम्म ४९ यात्रुहरुको दुखद मृत्य भएको छ भने २२ जना घाईते भएका  छन। घाईते मध्ये केहि को अवस्था गम्भीर रहेको छ।

बिमान दुर्घटनामा  सोनम शाक्य झ्यालको सिसा फुटाई निस्केर बाँच्न सफल भए।उनि लगायत बसन्त बोहरा र अन्य केहि पनि झाल बाट निस्कने क्रममा सामान्य घाईते भएका थिए। बाहिरि रुपमा हेर्दा  शाक्यको  दाहिने खुट्टा र दाहिने हातमा सामान्य चोट मात्र लागेको देखिन्छ।

सोनाम शाक्य काठमाडौं स्थित लक्की टुर्स एण्ड ट्राभलका संचालक समेत हुन।९ मार्चमा शाक्य सहित १४ जना को टिम कार्यक्रममा सहभागी हुन बंगलादेश पुगेका थिए ।शाक्य सहित को टिकट हिजो को थियो तर १२ जना ले आज टिकट सारेका थिए । उनिसंगै आएका प्रविण चित्रकार,सजना देवकोटा,हरिशंकर पौडेल  को  दुर्घटनामा ज्यान गईसकेको छ।

कसरी बाँच्न सफल भए त सोनम

बिमान अवतरण हुने बेला सबै जना बाहिरी माहोल हेरिरहेका थिए। अवतरण गर्ने बेला एक्कासी विमानको पांग्रा जमिनमा ठोक्कियो,यसो पछाडी हेरेको बिमानको पछाडीको भागमा आगो लागेको रहेछ। मनमनै सोचे आज अन्तिम दिन रहेछ मेरो,

के गरु कसो गरु भए,यसो अगाडी हेरेको बिमानको झ्याल देखे बाच्ने आश पलायो र झ्याल को सिसा फुटाल्ने प्रयास गरे सौभाग्य ले ३० सेकेन्डमा झाल फुटाउन सफल भए र बाहिर निस्किए ।

बाहिर निस्किदा मान्छेहरुको भिड लागिसकेको रहेछ। यसो बिमान तर्फ हेरेको दनदनी आगो लागि रहेको देखे कोहि चिच्याउदै थिए ।गएर उद्दार गर्ने मन थियो तर सम्भब थिएन।

लगतै एम्बुलेन्स आयो र केएमसी हस्पिटल लगियो र त्यहाँ बाट रिफर गरि नर्भिक हस्पिटल पठाईयो।हाल उनि स्वास्थ लाभ गर्दै छन।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::