बुटवल पावर कम्पनीले भारतीय कम्पनी माथिल्लो मर्स्याङ्दी बिधुत आयोजना खरिद,चिनिया पार्टनर भित्र्यायो

आइतवार, बैशाख २३, २०७५

बुटवल पावर कम्पनीले भारतीय कम्पनी माथिल्लो मर्स्याङ्दी बिधुत आयोजना खरिद,चिनिया पार्टनर भित्र्यायो

बुटवल पावर कम्पनी (बिपिसी) ले लमजुङस्थित ६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी–२ जलविद्युत आयोजना खरिद गरेको छ । बिपिसीले भारतीय जिएमआर समूहअन्तर्गतको हिमताल हाइड्रो पावर कम्पनीबाट किनेको हो ।

सरकारले करिब १० वर्षअघि जिएमआर इनर्जी लिमिटेडका नाममा अध्ययन अनुमतिपत्र जारी गरेको थियो । जिएमआरले आयोजना निर्माण गर्न हिमताल कम्पनी स्थापना गरेको थियो । कम्पनीले लामो समय आयोजना अघि बढाउन नसकेपछि स्वदेशी कम्पनीलाई बेचेको जनाइएको छ ।

हिमताल कम्पनीको सम्पूर्ण सेयर खरिद गर्नेबारे बिपिसी तथा यससँग सहकार्य गरेका चिनियाँ कम्पनीबीच शुक्रबार (बैशाख २१ गते, मे ४, २०१८) मा सम्झौता भएको छ । बिपिसी, एससिआइजी इन्टरनेशनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट कम्पनी तथा साझेदार ३ चिनियाँ कम्पनी र हिमतालबीच सम्झौता भएको हो ।

बिपिसीसँग चीनका एससिआइजी इन्टरनेशनल लिमिटेड, सिङचेन्द इन्टरनेशनल इन्भेष्टमेन्ट र क्यूवाइसी इन्टरनेशनलले सहकार्य गरेका छन् । आयोजना निर्माण गर्ने कम्पनीमा बिपिसीको १९.४ प्रतिशत र बाँकी चिनियाँ कम्पनीको सेयर हुने उल्लेख छ । बिपिसीले मनाङमा निर्माण हुने सय मेगावाटको तल्लो मनाङ मर्स्याङ्दीमा पनि ३ चिनियाँ कम्पनीको लगानी भित्र्याएको छ । आयोजनामा पश्चिम चीनका सिचुवन प्रोभिन्सल इन्भेष्टमेन्ट ग्रुप, चेङ्गदु सिंचेन इन्भेष्टमेन्ट ग्रुप र छिमयुआन इन्जिनियरिङ कन्सल्टिङ कम्पनीले लगानी गर्न लागेका छन् ।

बिपिसी र उक्त तीन चिनियाँ कम्पनीको सहकार्यमा नेपालमा नयाँ कम्पनी स्थापना गरेर जलविद्युत् विकास गर्ने समझदारी समेत भएको छ । नेपालमा दर्ता भएको कम्पनीको नाम एससिआइजी इन्टरनेशनल नेपाल हाइड्रो पावर डेभलपमेन्ट कम्पनी छ । बिपिसीले सय मेगावाट आयोजनाबाट सुरु गरेर आगामी ५ वर्षमा हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । ३ चिनियाँ कम्पनीले जलविद्युतमा ५ वर्षमा २ देखि ३ खर्ब रुपैयाँ भित्र्याउने योजना छ ।

तल्लो मनाङ मस्र्याङ्दी निर्माण गर्ने एससिआइजी इन्टरनेशलन नेपाल हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमा बिपिसीको २० र बाँकी चिनियाँ कम्पनीको सेयर हुनेछ । उक्त कम्पनीमा बिपिसीले १ अर्ब ९० करोड रुपैयाँ पुँजी राखिसकेको छ । मुख्य साझेदार एससिआइजीको ६२ प्रतिशत, सिएक्स आइजीको १५ प्रतिशत र क्युवाइसीको १२ प्रतिशत सेयर हुने बिपिसीले जानकारी दिएको छ । कम्पनीले सुरुमा सय मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी लगानी गर्नेछ ।

  • साभार उर्जाखबर

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::