बेल्जियमका राजाले अन्ततः मुद्धा हारे

शनिबार, अशोज १७, २०७७

बेल्जियमका राजाले अन्ततः मुद्धा हारे

बेल्जियमका राजाको छोरीलाई अल्बर्ट द्वित्तीय आफ्नो बुबा हुन् भनेर प्रमाणित गर्न समेत सात वर्षको कानुनी लडाइँ लड्नु पऱ्यो। राजाको अवैध सम्बन्धबाट जन्मेकी छोरीले बेल्जियमको सर्वोच्च अदालतबाट मुद्धा जितेकी छन् र अब उनले कानुनी रुपमा शाही पदवी प्रयोग गर्ने अधिकार प्राप्त गरेकी छन् ।

बिहीबार (१ अगस्ट) बेल्जियमको सर्वच्च अदालतले गरेको फैसलाअनुशार डेल्फिन बोएलले अब शाही उपाधिको साथसाथै पूर्वराजा अल्बर्ट द्वित्तीयको थर पनि प्रयोग गर्न सक्ने छिन् ।

बेल्जियमका पूर्वराजा अल्बर्ट द्वित्तीयकी प्रेमिका ब्यारोनेस सिबिल डे सेलिस लंगचैम्प्सबाट जन्मेकी छोरी डेल्फिन बउललाई अदालतको आदेशपछि शाही पदवी प्रदान गरिएको छ । उनलाई राजाकी विवाहिता पत्नीबाट जन्मिएका अन्य तीन सन्तानसरहको अधिकार प्रदान गर्दै शाही पदवी प्रदान गरिएको हो ।

आदेशपछि ५२ वर्षीय डेल्फिनले ‘बेल्जियमकी राजकुमारी’को उपाधि पाएकी छन् ।उनकी आमा, ब्यारोनेस सिबिल डे सेलिस लंगचैम्प्सले दाबी गरेअनुशार अल्बर्ट राजा हुनुभन्दा पहिले उनको १८ वर्षको अन्तरंग सम्बन्ध थियो ।पुर्वराजा अल्बर्टले यस वर्षको जनवरीमा आफू डेल्फिनको बाबु भएको स्वीकार स्वीकार गरेपछि अदालतलाई फैसला गर्न सहज भएको हो।

डेल्फिनले सन् २००५ मा पहिलोपटक अल्बर्ट आफ्ना बाबु भएको मिडियालाई दिएको एक अन्तरवार्तामार्फत खुलासा गरेकी थिइन् । तर राजाको विरुद्ध मुद्धा हाल्न नपाइने कानुनले गर्दा अल्बर्ट द्वित्तीयले सन् २०१३ मा अल्बर्टले राजपाट त्याग गरेपछि उनलाई आफ्नो अधिकारका लागि कानुनी लडाइँ सुरू गर्ने बाटो खुलेको थियो । मुद्धा परेपछि राजा अल्बर्ट द्वित्तीयले अगाडि डिएनए परीक्षण गर्न अस्वीकार गरे पनि सोका लागि प्रतिदिन ५ हजार युरो जरिमाना हुने अदालतको निर्णय पछि डिएनए टेस्ट गर्न बाध्य बनेका थिए ।

अदालतको निर्णयपछि डेल्फिनले पत्रकारहरूसँग अदालतको निर्णयले डेल्फिनले न्याएको अनुभूति गरेको बताएकी छन् । अदालतको निर्णयले डेल्फिन मात्र नभएर उनका दुई सन्तानले समेत शाही सम्मानसहित बाबुको थर कायमै राख्न पाउने भएका छन् । यो निर्णयले अब अल्बर्ट द्वित्तीयको निधनपछि उनको सम्पतिमा उनका विवाहितापत्नीबाट जन्मेका अन्य तीन सन्तानसरह डेल्फिनका सन्तानहरुले पनि समान हक पाउने छन् । दुवैले मुद्धा लड्दा लागेको ३.४ मिलियन युरोसमेत पुर्वराजा अल्बर्टले नै तिर्नुपर्ने फैसला भएको छ ।

सन् १९९३ मा आफ्ना ठुल्दाजुको निधन भएपछि अल्बर्ट अनपेक्षित रूपमा बेल्जियमको राजगद्दी आरोहित हुँदै सन् २०१३ को जुलाईसम्म आसिन रहे । त्यसपछि स्वास्थ्यको कारण देखाउँदै पूर्वराजाले आफ्नो गद्दी छोरा फिलिपलाई हस्तान्तरण हरेका थिए ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::